‘म तिमी बिना’को म्युजिक भिडियो छायांकन वराहक्षेत्रमा, स्थानिय कलाकारको अभियन

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ स्थानीय कला–संस्कृतिलाई उजागर गर्ने उद्देश्यका साथ ‘म तिमी बिना’ बोलको नयाँ म्युजिक भिडियोको छायांकन वराहक्षेत्रका रमणीय स्थानहरूमा सुरु भएको छ।

नगरको पर्यटन सम्भावना बढाउने र स्थानीय कलाकारलाई राष्ट्रिय मञ्चमा परिचित गराउने लक्ष्यसहित सोमबारबाट सप्तकोशी नदीको किरार क्षेत्रमा छायांकन थालिएको हो।

गीतका शब्द, लय र स्वर स्थानीय गायक तिलक राईले दिएका छन्। गीतलाई अझ आकर्षक बनाउन एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी वान पिस रेकर्डिङ स्टुडियोका एकराज सेम राईले सम्हालेका छन्।

म्युजिक भिडियोको निर्देशन वराहक्षेत्रकै स्थानीय निर्देशक सुहाङ कुलुङले गरिरहेका छन्। भिडियोमा स्थानीय कलाकार हिमल राई र सुप्रिया पुरीले मुख्य भूमिका निर्वाह गर्दैछन्।

स्थानिय प्रतिभालाई प्रोत्साहन गर्दै नगरका प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र पर्यटक आकर्षण स्थललाई देशभरि चिनाउनका लागि यो भिडियो वराहक्षेत्रमै छायांकन गरिएको निर्देशक कुलुङले बताए।

उनका अनुसार, “स्थानीय कलाकारहरूलाई अवसर दिनु र वराहक्षेत्रका सुन्दर ठाउँलाई पर्दामा उतार्नु नै हाम्रो मुख्य लक्ष्य हो। दर्शकले पनि यसलाई निकै मन पराउने विश्वास छ।”

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved