विराट ट्रेड एक्स्पो २०२५: प्रविधि र सांस्कृतिक महोत्सवको तयारी तीव्र

  • मंसिर २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङ उद्योग व्यापार संघले आयोजना गर्ने ‘विराट ट्रेड एक्स्पो २०२५’ यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङको छेउको खाली मैदानमा हुने भएको छ।

एक्स्पोका लागि आवश्यक पूर्वाधार निर्माण, स्टल बुकिङ, सुरक्षा व्यवस्थापन र अन्य तयारी तीव्र गतिमा अघि बढिरहेका छन्।

संघका वरिष्ठ उपाध्यक्ष अनिल साहका अनुसार, “व्यापार, उद्योग, प्रविधि, कृषि, स्टार्टअप र स्थानीय उत्पादनहरूको प्रभावकारी प्रदर्शनका लागि यस वर्षको एक्स्पो अझ आकर्षक बनाउन विशेष तयारी भइरहेको छ।”

पुष ९ देखि १९ गतेसम्म सञ्चालन हुने दस दिने महोत्सवमा देशभरका किसान, उद्यमी, व्यवसायी, उत्पादन र सेवा प्रदायक संस्थाहरू सहभागी हुने अपेक्षा गरिएको छ। यसैगरी, केही अन्तर्राष्ट्रिय उत्पादन वस्तुहरू पनि प्रदर्शनीमा राखिने संघले जानकारी दिएको छ।

एक्स्पोमा मनोरञ्जनात्मक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, नयाँ प्रविधि र स्थानीय उत्पादन प्रवद्र्धनमा केन्द्रित गतिविधिहरू यस वर्षका प्रमुख आकर्षण हुनेछन्।

आयोजकका अनुसार, “विराट ट्रेड एक्स्पो २०२५ लाई व्यवस्थित, आधुनिक र सहभागीमैत्री बनाउन सबै तयारी तीव्र गतिमा भइरहेको छ। यसले स्थानीय व्यवसाय प्रवद्र्धनसँगै कोशी प्रदेशको आर्थिक गतिविधि बढाउने विश्वास लिएको छ।”

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved