धरान हेल्पिङ ह्यान्ड्सद्वारा दुबईमा फुटबल प्रतियोगिता नखिल गोर्खा फुटबल क्लब च्याम्पियन

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

दुबई/ दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्यान्ड्स पूmटबल प्रतियोगिता–२०२५’ को उपाधि अबुधाबीको नखिल गोर्खा पूmटबल क्लबले हात पारेको छ ।

दुबईमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै नखिल गोर्खाले प्रतिष्ठित उपाधि जितेको हो ।

नेपाली समुदायबिच सबैभन्दा ठुलो पुरस्कार राशी भएको प्रतियोगितामा विजेता नखिल गोर्खाले ८ हजार ४११ दिराम (करिब ३ लाख २९ हजार रुपैयाँ) र उपविजेता ग्रीन सिटीले ४ हजार ४११ दिराम (करिब १ लाख ७३ हजार रुपैयाँ) प्राप्त गरे ।

प्रतियोगितामा धरान युनाइटेड एफसीलाई ‘फेयर–प्ले अवार्ड’ प्रदान गरिएको थियो भने व्यक्तिगत विधातर्पm ग्रीन सिटीले उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर र बेस्ट स्ट्राइकरका उपाधि आफ्नो पक्षमा पारेको थियो ।

सो अवसरमा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, बेस्ट म्यानेजर र बेस्ट डिफेन्डरका उपाधिहरू पनि वितरण गरिएका थिए । 

विजेता र उपविजेता टोलीलाई नगद पुरस्कार तथा ट्रफी वितरण गरिएको थियो । प्रमुख तथा विशिष्ट अतिथिहरूलाई कार्यक्रम संयोजक स्वीकार राई र धरान युनाइटेड क्लब यूएईका अध्यक्ष ईश्वर श्रेष्ठले संयुक्त रूपमा मायाको चिनो प्रदान गरे ।

धरान हेल्पिङ ह्यान्ड्स तथा धरान युनाइटेड क्लब यूएईको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको संयोजन यूएई नेपाली फुटबल सङ्घ (यूएनएफए) ले गरेको थियो भने ज्योलुकास एक्सचेन्ज यूएईले मुख्य प्रायोजन गरेको थियो । 

यूएईमा नेपाली पूmटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने १२ जना व्यक्तित्वलाई सोही अवसरमा सम्मान पनि गरिएको थियो ।

सो अवसरमा यूएई नेपाली पूmटबल सङ्घका अध्यक्ष अनिल शेर्पा, संस्थापक अध्यक्ष मुक्ति गुरुङ, संस्थापक कूल लेप्चा, कोच तथा वरिष्ठ खेलाडी राजु तमाङ, पूर्व राष्ट्रिय खेलाडी सुरज विक, सुमन लिम्बू, स्वीकार राई, मानधोज आले, खेमनसिंह गुरुङ, गुप्त शेखर पौडेल, अजय मगर र दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । 

ज्योलुकास एक्सचेन्जका जनरल म्यानेजर मरिस कर्ण प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाली उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं पनि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

यूएईस्थित विभिन्न नेपाली व्यावसायिक प्रतिष्ठानहरूको सहयोगमा सम्पन्न प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताले यूएईमा नेपाली खेलकुद, विशेषगरी पूmटबल क्षेत्रमा प्रतिभा पहिचान, सामुदायिक एकता र खेलकुद–उत्साह वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।    

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved