मन्त्री सुधा गौतम धरानमा : अस्पतालहरुको अवस्थामाथि प्रत्यक्ष चासो

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम काठमाडौँ र लुम्बिनीका संघीय अस्पतालहरुको निरीक्षण सकेर मंगलबार धरान आइपुगेकी छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी मन्त्री गौतमको उद्देश्य आगामी काठमाडौँमा बस्ने सिनेट बैठकका तयारी र संस्थागत अवस्थाबारे प्रत्यक्ष जानकारी लिन रहेको उनले बताइन्।

अस्पतालको सञ्चालनदेखि कर्मचारीको कार्य वातावरणसम्म प्रत्यक्ष अवलोकन आवश्यक ठानेकी मन्त्री गौतमले, "प्रतिष्ठानको वास्तविक अवस्था आफ्नै आँखाले हेरेपछि निर्णय गर्न सजिलो हुन्छ" भन्दै अस्पताल, शैक्षिक कार्यक्रम र सम्भावित समस्याबारे विस्तृत जानकारी लिएको बताइन्। उनले यो भिजिट ‘नितान्त व्यवसायिक उद्देश्यका लागि’ रहेको उल्लेख गर्दै कुनै विशेष राजनीतिक सन्देश नभएको स्पष्ट पारिन्।

जेनजी आन्दोलनले राखेको सुधार र सुशासन को लक्ष्यअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउँदै मन्त्री गौतमले सेवा गुणस्तर उकास्नु, भ्रष्टाचारमुक्त प्रणाली बनाउनु र स्वास्थ्य सेवामा जनतालाई सहज पहुँच उपलब्ध गराउनु सरकारको प्राथमिकता भएकोसमेत बताइन्। "जनताले अनावश्यक दुःख नपाओस्, वेटिङ टाइम कम होस्, सेवा सहज र गुणस्तरीय होस्—यही हाम्रो मुख्य ध्यान हो," उनले भनिन्।

मन्त्री गौतमसँग सचिव डा. विकास देवकोटासहितको टोली थियो। प्रतिष्ठानमा उनीहरुलाई उपकुलपति डा. विक्रम प्रसाद श्रेष्ठ, रेक्टर प्रा. डा. संजीवकुमार शर्मा, निर्देशक डा. जगतनारायण प्रसादलगायतले स्वागत गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved