४६० किलो गाँजासहित स्कारपियो बरामद, चालक फरार

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–९ नहरचोक नजिक प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोक्ने प्रयास गर्दा चालक भागेपछि प्रहरीलाई शंका उत्पन्न भएको थियो।

प्रहरीको पछुतर्फ गरिएको चिनारी र खोजतलासका क्रममा साम्बला पोखरीचोकबाट खटिएको टोलीले नहरचोक भन्दा करिब १०० मिटर टाढा सडकछेउमा फेला परेको सो स्कारपियो भित्र १६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ठूलो परिमाणको गाँजा भेटिएको हो।

सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको नेतृत्वमा सोको (SOCO) अधिकृत सहितको टिमले गरेको सूक्ष्म चेकजाँचमा ४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र सवारीसाधन जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, घटनास्थलबाट फरार भएको स्कारपियो चालकको खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ।

 

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved