पिन्डेश्वर बाबाधाम सफाइका लागि एक्सेल बैंकद्वारा सरसफाइ सामग्री हस्तान्तरण

  • मंसिर १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, धरान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तरगत मंगलबार पवित्र धार्मिक स्थल श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

बैंकले मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्ने उद्देश्यले १० थान डस्टबिन, ५ थान डस्टपेल, ५ थान कुचो र ५ थान झाडु प्रदान गरेको हो।

कार्यक्रममा धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बैंकको सामाजिक पहलप्रति खुशी व्यक्त गर्दै मन्दिर क्षेत्रको भीडभाड र धार्मिक महत्त्वका कारण यस्तो सहयोग अत्यन्त उपयोगी रहने बताए।

यस्तै, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास वनेपालीले प्रदान गरिएका सामग्रीहरूले मन्दिर परिसर सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै बैंकलाई धन्यवाद दिए।

एक्सेल बैंकका इटहरी क्लस्टर प्रमुख दिपक कुमार दासले आगामी दिनमा पनि समाजसँग जोडिएर थप सामाजिक गतिविधिमा सहभागी हुने प्रतिवद्धता जनाए।

धरान शाखा प्रमुख विशाल राईले बैंकले धरानबाट खाता सञ्चालन, निक्षेप, कर्जा, रेमिट्यान्स, लकर, सुन कर्जा लगायतका आधुनिक बैंकिङ सेवाहरू प्रदान गरिरहेको जानकारी दिए।

बैंकको यो सामाजिक योगदानले धार्मिक क्षेत्रको सफाइ र व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

xsal-bank

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved