औषधि व्यवसायले धरानमा दुई घण्टा व्यवसाय बन्द गरे

  • मंसिर १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ औषधि ऐन २०३५ को संशोधित दफा ११ का केही उपदफा व्यवसायिक, नैतिक र संवैधानिक दृष्टिले अमान्य रहेको भन्दै आन्दोलित औषधि व्यवसायीहरुले दुई घण्टा आफ्नो व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।

औषधि ऐन २०३५ को ११ का केही उपदफा व्यवसायिक संरक्षणका मापदण्ड विपरीत रहेको, व्यवहारमा अन्यायपूर्ण र अनुपयुक्त देखिएको तथा यसले औषधि व्यवसायीहरूको पेशागत वातावरण प्रभावित गरेको भन्दै चरणबद्ध आन्दोलनमा होमिएका औषधि व्यवसायहरुले धरानमा समेत विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आफ्नो व्यवसाय बन्द गरेर आन्दोनलनलाई समर्थन जनाएका छन् ।
उनीहरुले माइकिङ गर्दै दुई घण्टा औषधि पसल बन्द गर्न आवहान गरेसँगै धरानका सम्पूर्ण औषधि पसलहरु बन्द भएका हुन् ।

औषधि व्यवसायीहरुले गरेको बन्दका कारण सबैभन्दा बढी मारमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई परेको थियो । बन्दको कारण समेत अनविज्ञ रहेका उनीहरुले बन्दले समयमै औषधि पु¥याउन नसकेको गुनासो गरेका थिए ।

खासगरि औषधि व्यवसायीहरु औषधि व्यवस्था ऐन २०३५ को ११ को एउटा बुदामा बढी केन्द्रित रहेर आन्दोलन चर्काएका छन्। उनीहरुले प्रमाणपत्र, अनुज्ञापत्र वा सिफारिसपत्रको नविकरण म्याद सकिएको  भोलिपल्टदेखि एक सय प्रतिशत जरिवाना लाग्ने, नविकरण म्याद सकिएको ३० (वा ३१) दिनभित्र पनि नवीकरण नगरे प्रमाणपत्र स्वतः रद्द हुने प्रवधानमा रुष्ट बन्दै आन्दोलन चर्काएको औषधि व्यवसायी सुवास पौडे्ले बताउछन् ।

यही विषयमा चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले ऐनमा भएको विवादित बुदा नहटाएसम्म चरणबद्ध आन्दोलन गर्न चेतावनी दिएका छन् । व्यवसायी देवनारायण चौधरीले उपादफामा भएको एक बुँदाले व्यवसायीहरु व्यवसाय गर्न नसक्ने अवस्थाको रहेको उनको भनाई थियो ।

केन्द्रमा संयुक्त वैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि नेपाल औषधि व्यवसायी संघले २०५८ सालमा गलत प्रमाणित भएको उपदफा फेरि स्वार्थबस ल्याएको भन्दै ११ देखि १६ गतेसम्म चरणबद्ध कार्यक्रमसहित आन्दोलन अघि बढाएसँगै आज दुई घण्टा व्यवसायिहरुले व्यवसाय बन्द गरेर आन्दोलन चर्काएका हुन् ।

आफूहरुको मागलाई सरकारल वेवास्ता गरेर व्यवसायलाई विस्थापित गर्ने षड्यन्त्रमा ल्याइएको बुँदालाई नहँटाउजेल चरणबन्द आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले मेडिकल व्यवसायीहरुलाई राज्यले संरक्षण गर्नुपर्नेमा विस्थापित गर्ने नीति लिएको भन्दै आक्रोसित समेत बनेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved