कुलमान घिसिङको ‘जनसेवा पार्टी’ आज घाेषणा गर्दै, मेयर बालेनकाे समर्थन

  • कार्तिक २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/तीन महत्वपूर्ण विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आज सोमबार नयाँ राजनीतिक दल ‘जनसेवा पार्टी’ को औपचारिक घोषणा गर्न तयार छन्।

उनी निकट स्रोतका अनुसार यसअघि दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढ़ाइनेछ।

पार्टीको शीर्ष नेतृत्वमा को रहने भन्नेबारे अन्तिम निर्णय आज बिहान टुङ्गो लाग्नेछ।

कुलमान स्वयं अध्यक्ष बन्ने कि पूर्व ऊर्जासचिव डा. अनुपकुमार उपाध्यायलाई नेतृत्व जिम्मा दिने भन्ने विषयमा छलफल तीव्र रहेको बताइएको छ।

नयाँ पार्टीले ‘एक व्यक्ति, एक पद’ नीति कठोर रूपमा लागू गर्ने तयारी गरेको छ।

सो अनुसार सरकारमा जिम्मेवारी पाउने व्यक्तिहरू पार्टीको कुनै पदमा रहने छैनन्। यही नीतिका कारण कुलमानलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने लक्ष्यसहित अध्यक्षमा डा. उपाध्यायलाई अगाडि ल्याउने विकल्पसमेत खुलेर चर्चा भएको छ।

कुलमान निकट समूहको महत्वपूर्ण बैठक हिजो बौद्धमा बसेको थियो, जहाँ पार्टीको नीति, संरचना र कार्ययोजना तयार गरिएको स्रोतले जानकारी दियो।

यसबीच, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पार्टीलाई समर्थन जनाउने भए पनि उनी पदमै रहने र औपचारिक रूपमा दलमा प्रवेश नगर्ने, तर उनका प्रतिनिधिहरू सक्रिय रहने बताइएको छ।

विकास, पारदर्शिता र सेवा केन्द्रित दृष्टिकोणसहित अघि बढ्ने लक्ष्य लिएको ‘जनसेवा पार्टी’ ले आजकै घोषणाले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved