वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित धर्तिको पहिलो तिर्थ वराहक्षेत्र मन्दिरको संरक्षण , प्रबद्बन तथा बिकासलालागि स्थापित वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले आफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिले मङलवार वराहक्षेत्र मन्दिर परिसर स्थित प्रवचनालय हलमा उक्त साधरण सभा आयोजना गरेको थियो ।
अध्यक्ष भक्त श्रेष्ठको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा समाजसेवि दिनेश अग्रवाल , जीवन कुमार अग्रवाल ,वराहक्षेत्र आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सुजन भण्डारि, बिष्णुपादुका मन्दिर बिकाश समितिका अध्यक्ष राजकुमार निरौला, वराहक्षेत्र मन्दिरका प्रदान पुजारी किरण भण्डारी , आदि वराह मन्दिरका संरक्षक तथा प्रसिद्ब पण्डित योगेश भण्डारी वराहक्षेत्र , वराहक्षेत्र प्रहरी चौकीका इन्चार्ज प्रहरी साहयक निरिक्षक चित्र बहादुर बोगटी लगायतको आतिथ्यता रहेको थियो ।
सभामा वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले भाबि योजना , प्रगति बिवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समितिको आर्थिक बर्ष २०८१ र ०८२ को प्रगति बिबरण , प्राप्ती भुक्तानी, आर्य र व्यय समितिका कोषध्यक्ष रवि कुमार श्रेष्ठ प्रस्तुत गरेका थिए ।
गत आ.व.०८०/०८१ को मौज्दात ८२ लाख ७३ हजार २ सय ३२ रुपैया , आ.व.०८१/०८२ को प्राप्ति मौज्दात ७६ लाख ९८ हजार ५ सय ६७ रुपैया , जम्मा कुल मौज्दात आम्दानी १ करोड ५९ लाख ७१ लाख ७ सय ९९ रुपैया , खर्च १ करोड १५ लाख ५ हजार १ सय ६ रुपैया र हाल को मौज्दात ४४ लाख ६६ हजार ६ सय ३८ रुपैया रहेको कोषध्यक्ष रवि कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा कार्यालय सचिव गंगा बहादुर मगर र कार्यलय सहयोगी कर्मचारी दान बहादुर तामाङ्गलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । कार्यक्रममा वराहक्षेत्र मन्दिर गुठी ब्यवस्थापन समितिका उपाध्यक्ष राजु घिमिरेले स्वागत् मन्तव्य राखेका थिए ।