समुद्री आँधी ‘मोन्था’ अझ प्रबल, आन्ध्र तटमा ठोक्किने चेतावनी

  • कार्तिक ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

नयाँ दिल्ली/  बङ्गालको खाडीमा सक्रिय समुद्री आँधी ‘मोन्था’ थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभाग (आईएमडी)ले चेतावनी दिएको छ।

आईएमडीका अनुसार यो आँधी मंगलबार साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्ने सम्भावना छ। त्यतिबेला हावाको वेग ९० देखि १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ।

मोन्थाको प्रभावका कारण तमिलनाडुका केही भागमा भारी वर्षा हुने सम्भावना छ भने आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आईएमडीले अलर्ट जारी गरेको छ।

विभागले सोमबार जारी गरेको पूर्वानुमानअनुसार अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान–निकोबार टापुका पार्टी एकाइहरूलाई राहत तथा उद्धार कार्यका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved