पर्यटकीय गन्तव्य चिण्डे डाँडा सधेै ओझेलमा

  • असोज २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पोखराको सारङ्गाको जस्तै आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना बोकेको धरान–२० मा पर्ने चिण्डेडाँडा स्थानीय सरकार धरान उपमहानगरपालिकाले महत्वका साथ नहेरेकै कारण पर्यटकीय सम्भवना बोकेको यो स्थान अझै ओझेलमै छ ।

धरान–१३ को सर्दुखोला पुल तरेपछि करिब १३ किलोमिटर दुरीमा पुगिने यो डाँडामा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा छन् । तराईका विभिन्न स्थानलाई एकै थलोबाट हेर्न सकिने आकर्षक भ्युटावरसमेत यहाँ बनेको छ ।

करिब ५० लाख लागतमा ६ वर्षअघि बनेको पाँचतले भ्युटावरको शिलान्यास पूर्व संघीय सांसद जयकुमार राई र प्रदेश सांसद उमिता बराईले गर्नुभउको थियो  । तर आजसम्म यसको औपचारिक उद्घाटन हुन सकेको छैन ।

भ्युटावरको दृश्यावलोकन मात्र नभई चिण्डेडाँडा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिन्छ ।

हिउँदमा यहाँबाट प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । थप आकर्षणका लागि धरान उपमहानगरपालिकाले सुम्निमा पारुहाङको ठूलो मूर्ति स्थापना गर्ने तयारी गरेको मेयर हर्कराज राईले गर्नुभएको छ । तर पनि यो ठाउँमा पर्यटकको खासै चहलपहल नभएको स्थानीय कुमार राई बताउनुहुन्छ ।

मुख्य समस्या सडकमा छ । कच्ची सडक भएकाले वर्षातमा बाढी र पहिरोले आवागमन अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयले आफैं पहिरो पन्छाएर बाटो खुलाउने गरेका छन् । यस्तै अवस्थाले पर्यटकको आवागमन न्यून हुने र होटल व्यवसाय प्रभावित हुने गरेका होटल व्यवसायी जगत राई बताउनुहुन्छ ।

चिण्डेडाँडामा निर्माण भएको पाँचतले भ्युटावरबाट तराईका विभिन्न स्थान सहजै नियकाल्न सकिने त्यहाँ पुग्नेहरुले बताएका छन् ।

चिण्डेडाँडाबाट बाघखोर, सुलिकोट, धार्मिक क्षेत्र विष्णुपादुका, तामाखाम र कालीमाटी जस्ता गन्तव्य जोड्ने सम्भावना बोकेको पर्यटकीय स्थल भएपनि आवश्यक पूर्वाधार नहुँदा विकास अघि बढ्न सकेको छैन ।

पर्यटकले ‘दृश्य सुन्दर, सम्भावना ठूलो, तर सरकारको ध्यान कमजोर’ भन्दै निराशा व्यक्त गर्ने गरेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved