विराटनगर/ जेनजी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजानी भएबाट कार्यालयका भौतिक सामग्रीहरु क्षतिग्रस्त भएकाले नगरपालिकालाई जिन्सी सामाग्री प्रदान गरिएको छ ।
मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी र उद्योग संगठन मोरङले दुहबी नगरपालिकाको कार्यालयलाई तीन लाख बराबरको कार्यालय उपकरण र जिन्सी सामग्रीहरु उपलब्ध गराएको हो ।
नगरपालिकाको कार्यालय संचालनमा सहयोग पु¥याउने अभिप्रायले संघ, संगठन र परिसंघले संयुक्त रुपमा दुहबी नगरपालिकालाई २ थान कम्प्यूटर, २ थान प्रिन्टर, २ थान अफिस टेबुल, २ थान रिभल्वीङ चेयर, ४ थान भिजिटर चेयर, १÷१ थान स्टील दराज र बुक केश उपलब्ध गराएको हो ।
दुहबी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत सवर्ण घिमिरेलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी, संगठनका महानिर्देशक चुडामणी भट्टराई र परिसंघका महानिर्देशक विजय हरी शर्माले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।