५३८ किलो गाँजा बरामद, चालक फरार

  • असोज ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर–८ यादवचोक नजिक भातीगछतर्फ जाने सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५३८ किलो गाँजा भेटिएको हो।

बिहीबार राति करिब १०:१५ बजे प्रहरीले नियन्त्रणमा लिएको कार तलासी गर्दा १५ बोरा गाँजा फेला परेको थियो। कार छाडेर चालक फरार भएका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved