धरानमा हिबिस्कसको खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने

  • असोज ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले यस वर्ष खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। विगतमा नगर र जिल्ला स्तरीय स्तरमा आयोजना गर्दै आएको स्कुलले यस पटक दायरा फराकिलो बनाउँदै खुल्ला रूपमा प्रतियोगिता गर्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै स्कुलका सल्लाहकार पवन झा ले विद्यार्थीको बौद्धिक क्षमताको विकासलाई मुख्य लक्ष्य राखिएको बताए। उनका अनुसार २०७९ सालदेखि सुरु भएको ‘हिबिस्कस क्विज मेनिया’ यस पटक १ सय ५० भन्दा बढी विद्यालय सहभागी हुने अनुमान गरिएको छ।

कार्यक्रम संयोजक सुवास मोक्तानले पहिलो चरणमा १ सय प्रश्न रहने लिखित प्रतियोगिताबाट उत्कृष्ट ६ टिम छनोट गरी पुस १० गते फाइनल गरिने जानकारी दिए।

प्रतियोगितामा आकर्षक नगद पुरस्कार तथा ट्रफि, मेडल र प्रमाणपत्र रहनेछन्।

  • प्रथम : नगद २० हजार सहित रनिङ ट्रफि
  • द्वितीय : नगद १५ हजार
  • तृतीय : नगद ८ हजार
  • चतुर्थ : नगद ६ हजार
  • पाँचौं : नगद ४ हजार
  • सान्त्वना : नगद २ हजार

यसअघि पहिलो वर्ष हिबिस्कस स्कुलले नै उपाधि जितेको थियो भने दोस्रो वर्ष नेपाल पुलिस स्कुल र गत वर्ष पुनः हिबिस्कस स्कुल विजेता बनेका थिए।

प्रतियोगिता पुस ९ र १० गते हिबिस्कस स्कुलको प्राङ्गणमा हुनेछ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved