पशुमा लम्पी स्किन रोगले किसान पीडित

  • भदौ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् ।

यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ ।

यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् ।जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो ।

असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।विभिन्न पालिकाले यो रोग नियन्त्रणका लागी खोप कार्यक्रम सुरु गरे पनि प्रभावकारी रुपमा रोग नियन्त्रणमा नआउदा किसानहरु चिन्तित भएका छन् ।

यो रोगबाट कति पशु प्रभावित भए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । रोग फैलिएको दुई महिना भन्दा वडि समय हुदा पनि रोग नियन्त्रणमा नआउदा किसानमा त्रास फैलिएको पथरीका किसान विदुर आपागाई बताउछन् ।

पूर्वी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र लेटाङका र विराटनगर र बुढीगंगा गाँउ पालिकाका किसानले पालेका गाईहरूमा लम्पी स्किन रोगको प्रकोप देखिएको पशु प्राविधिकहरू बताउँछन् ।

३ वर्ष अघि यो रोग यिनै पालिकामा सवै भन्दा धेरै फैलिएको थियो । त्यस पछि विभिन्न पालिकाका पशुपन्छी शाखाले खोप कार्यक्रम सन्चालन गरेका थिए । कोशी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार कोशी प्रदेशको झापा र मोरङ्गका पालिकामा लम्पीको प्रकोप देखिएको र नियन्त्रणका लागी प्रयास भइरहेको छ ।

 लम्पी रोग लागेपछि गाईले दूध दिन छोड्ने वा कम दिने गरेको पशु रोग चिकित्सकहरूको भनाइ छ ।

लम्पी स्किन रोग देखिएका गाईमा घाँटी, पुच्छ्र वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना,ठुला गिर्खा देखिने, गिर्खा घाउ बन्ने र घाउ फुटने, तरल पदार्थ बग्ने गरेका ती गाईमा १०५ डिग्रीभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घटने, बाँझोपन हुने, ४५ प्रतिशत गाईभैंसी बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने पशु पन्छी शाखा पथरीशनिश्चरेले जनाएको छ ।

यो विशेष गरी गाईमा पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो ।यो रोग विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित थियो ।

सन् २०१२ पछि यो रोग पूर्व, दक्षिण पूर्वी युरोप, रुस, काजकिस्तानलगायत हुँदै सन् २०१० मा बङ्गलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखा परेको र २०२१ वाट भने नेपालमा समेत देखा परेको थियो । मोरङ्ग जिल्लामा नेपालमै पहिलो पटक यो रोग देखापरेको पशुपन्छी रोग अन्वेषण केन्द्र विराटनगरले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved