झुम्का कारागारमा तीन जनाको मृत्यु,१३ जना उपचाररत

  • भदौ १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको झुम्का कारागारमा भाइरल सङ्क्रमण भएको छ । यस बीचमा दीर्घरोघ भएका तीन जना कैदीबन्दीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका क्रममा उनीहरुको ज्यान गएको हो ।

तर बाहिर हल्ला भएजस्तो कारागारमा ठूलै महामारी भने नआएको सुनसरीका डीएसपी योगेश खतिवडाले जानकारी दिए ।

उहाँका अनुसार ज्यान गुमाउनेमा ४६ वर्षीय जलेश्वर यादव, ४८ वर्षीय रामदेव उराव र २४ वर्षीय सागर राई छन् । ३/४ दिन अघिदेखि कैदीबन्दीहरुमा भाईरल सङ्क्रमण देखिएको हो ।

झन्डै एक हजार सात सयको हाराहारीमा कैदीबन्दी रहेको कारागारमा हिजो मात्रै तीन सय ५३ जनाको स्वास्थ्य जाँच भएको छ ।

स्वास्थ्य जाँच गरिएकामध्ये १३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved