युएनका विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको साइन्स सिटी सिलगुढीमा अभिमुखीकरण

  • साउन २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । भारतमा रहेको अन्तराष्ट्रिय स्तरको भारतीय साइन्स सिटी सिलगुढीमा धरानका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा अभिमुखीकरण सहित अवलोकन गरेका छन्।

8
कोशी प्रदेशमै उत्कृष्ट रहेको युएन नवोदय कलेज धरानले कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान संकाय अन्र्तगतका विद्यार्थीलाई उक्त सिटीमा अभिमुखीकरण तथा अवलोकन गराएको हो । शनिबार कलेजले अध्ययनरत बिद्यार्थीलाई कुनै पनि शुल्क नलिई निःशुल्क रुपमा उक्त अन्तराष्ट्रिय स्तरको भारतीय साइन्स सिटीमा विद्यार्थीलाई अभिमुखीकरण सहित प्रत्यक्ष अनुभवको लागि लगिएको कलेजका पव्लिक रिलेशन अफिसर तथा अभिमुखीकरण संयोजक राम बहादुर लिम्वूले बताए ।

7

 

उनका अनुसार विद्यार्थीहरुलाई विश्व साइन्सको विषयमा मुलतः जानकारी दिने उद्धेश्यले अभिमुखीकरण सहित अवलोकन भ्रमण गराइएको हो । उनले भने,“हरेक वर्ष कलेजले बार्षिक क्यालेण्डर अनुसार शैक्षिक अभिमुखीकरणको लागि लगिने गरिएको छ,यस बर्ष पनि विज्ञान संकायका विद्यार्थीलाई भारत सरकारको साइन्स सिटीमा लगिएको हो,जस्ले गर्दा विद्यार्थीलाई उपलव्धी भई उत्साह समेत थएिको छ ।”

2

विद्यार्थीले त्यहाँ गएर तारा मण्डलको बारेमा प्रत्यक्ष रुपमा ज्ञान लिएको,जंगल सफारीको अनुभव र विज्ञान विषय के भन्ने बारेमा उक्त कलेजले जानकारी गराएको थियो ।कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत पाँचथरका नितेश तामाङले शैक्षिक अभिमुखकरणले आफुलाई अध्ययन गर्नको लागि थप उत्साह थपिएको अनुभव बताए ।

4

 

तामाङले बाहिर गएर विज्ञानको विषयमा जानकारी लिन पाउँदा आफुलाई खुशी लागेको बताएका छन् । धरानका रिजु लिम्वुले पनि शैक्षिक अभिमुखीकरणले आफुलाई थप उत्साह प्रदान गरेको बताएका छन् ।पहिलो पटक त्यहाँ गएर हेर्न र वुझ्न पाउँदा साइन्स प्रति आकर्षण झनै बढेर गएको राईको भनाई छ ।

5

त्यसैगरि धरान ६ पानबारीका निशान विश्वकर्माले पहिलो पटक आफु नेपाल बाहिरको कलेजमा अनुभव लिन पाएको बताए । साइन्सको विषयमा वुझ्न पाएकोमा खुशी व्यक्त गर्दै प्रतक्ष्य रुपमा हेर्न र सिकेका कुरालाई आगामी दिनका लागि थप हौसला र प्रेरणा मिलेको विश्वकर्माको भनाई छ ।


युएन नवोदय कलेज धरानले यस अघि पनि होटल म्यानेजमेण्टका विद्यार्थीलाई पुर्वकै एकमात्र फाइभ स्टार होटल मेची क्राउन झापामा शैक्षिक अभिमुखीकरण गराएको छ भने यो साताको शनिबार व्यवस्थापनका विद्यार्थीलाई औधोगिक क्षेत्रको अभिमुखीकरण कार्यक्रम गराइने पव्लिक रिलेशन अफिसर राम बहादुर लिम्वुले बताएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved