‘ए प्लस’ ल्याउनेलाई युएन कलेजको उपहार — निःशुल्क ब्रान्डेड ल्यापटप!

  • साउन २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित युएन-नवोदय कलेजले कक्षा १२ मा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरूलाई निःशुल्क ब्रान्डेड ल्यापटप दिने घोषणा गरेको छ।

कलेजको ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM) कार्यक्रममा भर्ना हुने ‘ए प्लस’ विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको यो योजना रोजगारमुखी, व्यावहारिक र आत्मनिर्भर शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो।

भिडियो:

कलेजका प्रमुख डम्बर कुमार तुम्बापोका अनुसार, अहिले जुनसुकै संकाय — विज्ञान, व्यवस्थापन, शिक्षा वा मानविकी — बाट ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई भर्ना हुँदा ल्यापटप दिइनेछ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त चार वर्षीय BHM कोर्ष होटल व्यवस्थापन, पर्यटन र हस्पिटालिटी क्षेत्रमा भविष्य बनाउने विद्यार्थीका लागि तयार पारिएको छ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूले अध्ययनकै क्रममा युरोप, दुबई, हङकङ, बहराइन र थाइल्यान्ड जस्ता देशका उत्कृष्ट होटलहरूमा पेड इन्टर्नसिपको अवसर पाउँछन्।

इन्टर्नसिपकै क्रममा विद्यार्थीहरूले मासिक एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भन्ने कलेजको दाबी छ। यसरी पढ्दै कमाउने अवसरले विद्यार्थीलाई आत्मनिर्भर बनाउनुका साथै भविष्यमा रोजगारीको ढोका समेत खोलिदिने प्रमुख तुम्बापोको भनाइ छ।

साथै, इन्टर्नसिपपछि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सोही होटलमा स्थायी रोजगारीको अफर पनि मिल्ने गर्छ।

भर्ना हुनका लागि कक्षा १२ जुनसुकै संकायबाट उत्तीर्ण भई कम्तीमा १.८ GPA ल्याउनु पर्नेछ। साथै, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सिम्याट (CMAT) परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्नेछ।

यस वर्षको सिम्याट परीक्षा भदौ २१ गते शनिबारका दिन तोकिएको छ र युएन कलेजले यसका लागि तयारी कक्षाहरू पनि सञ्चालन गरिरहेको छ। यसअघि प्रदेश प्रथमदेखि नेपाल तेस्रो स्थानसम्मका विद्यार्थी उत्पादन गरिसकेको युएन कलेजले प्रत्येक सेमेष्टरमा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको छ।

कलेजका प्रमुख तुम्बापोले अभिभावक र विद्यार्थीहरूलाई डिप्लोमा तालिम र शैक्षिक डिग्रीबीचको भिन्नता बुझेर निर्णय लिन आग्रह गर्दै BHM जस्ता प्राज्ञिक, व्यावहारिक र रोजगारी सुनिश्चित गर्ने कार्यक्रमहरूले विद्यार्थीको भविष्य उज्यालो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो।

IMG20250806093315 IMG20250806093731_01

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved