नेवार जातिको संस्कृति जात्रा संरक्षणमा वडा नै लागि पर्‍यो

  • साउन २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेवारी समुदायको साँस्कृतिक पर्वलाई जीवन्तता दिन स्थानीय सरकार आफै अग्रसर बनेको छ ।

वडालाई साँस्कृतिक वडाको रुपमा विकास गर्ने उद्देश्य राखी धरान उपमहानगरपालिका ३ नं. वडा समितिले तीन दिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्ने भएको हो ।
राणाकालीन मन्त्री चन्द्र शमशेरले बसाएको धरानको पुरानो चन्द्रपुर बजारको ऐतिहासिकतालाई उजागर गर्दै नेवारी सँस्कृतिलाई जीवनन्ता दिन र धरान ३ लाई साँस्कृति वडाको रुपमा विकास गर्न वडा समितिले नै तीनदिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्न लागेको हो ।

साउन ३० देखि भदौ १ गतेसमम मनाउन लागिएको सो जात्राको प्रमुख उद्देश्य गाईजात्रालाई नेवारी समुदायको युवा पुस्तासम्म पु¥याउने, जात्रालाई संस्थागत गरेर लाने र वडामा रहेका अन्य जातिको पनि साँस्कृतिक पर्वलाई उजागार गदै जाने उद्देश्यका यो वडामा जात्राको आयोजना गर्न लागिएको वडाध्यक्ष विद्या शाक्यले बताए ।

चन्द्रपुर जात्रा समिति नै गठन गरेर आयोजना गर्न लागिएको यो समितिको संयोजकमा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केलाई तोकिएको छ ।
विगतमा जात्रालाई आर्थिक अवस्था, साँस्कृतिक अभियन्ताको पलायनका कारण जात्रालाई निरन्तरता दिन नसकेको संयोजक मास्केले बताए । यो पर्वलाई जीवन्तता दिनुपर्छ भन्ने उद्देश्यले वडाका युवा पुस्ताबीच छलफल भएपछि यसलाई निरन्तता दिन लागिएको उनले जानकारी दिए ।

उनँका अनुसार पहिलो दिन धिमेबाजा प्रतियोगिता सहित नेवारी सँस्कृतिमा बजाइने बाजाहरुको प्रस्तुति हुनेछ ।

यस्तै दोस्रो दिन कृष्ण जन्माष्टमी उत्सव, बृहत लाखे प्रर्दशनीसँगै अन्य जातीय साँस्कृतिक प्रर्दशनी हुनेछ भने अन्तिम दिन साँस्कृतिक झाँकीसहितको कृष्ण रथयात्रा आयोजना गरिएपछि सोही दिन राति लाखे नाचतलाई समापन समापन गरिने संयोजक मास्केले जानकारी दिए ।
यसैबीच नेपाल खड्गी सेवा समितिले समेत साउन २५ गतेदेखि २९ विभिन्न कार्यक्रमहरु आयोजना गरी गाइजात्रा मनाउने जानकारी गराइएको छ ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved