धरानकी जेनिशा नेपालभर दोस्रो

  • साउन २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डको विज्ञान संकायतर्फको नतिजामा धरानस्थित एम्स एकेडेमीकी छात्रा जेनिशा निरौलाले ३.९५ जिपिए सहित देशभर दोस्रो स्थान हासिल गरेकी छन्।

विद्यालयका अनुसार २०८१ सालको कक्षा १२ को परीक्षामा ९४.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जसमा ५ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका प्राचार्य सन्तोष कोइरालाका अनुसार, “हामी निरन्तर मेहनत, समर्पित शिक्षकमण्डल र विद्यार्थीहरूको लगनशीलताको परिणामस्वरूप यस वर्ष पनि उत्कृष्ट परिणाम दिन सफल भएका छौं।”

यसै संस्थाकी छात्रा जेनिशा निरौलाले ३.९५ जिपिए ल्याउँदै राष्ट्रिय परीक्षा बोर्डको प्रारम्भिक नतिजा अनुसार देशभर दोस्रो स्थान हासिल गरेकी छन्।

उनका अनुसार जेनिशाले कक्षा ११ मा समेत उत्कृष्ट नतिजा ल्याएकी थिइन् भने कक्षा १२ मा झनै उच्च सफलता प्राप्त गरेकी हुन्।

विद्यालयले छात्रा जेनिशासहित उत्कृष्ट परीक्षा परिणाम ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी शैक्षिक यात्रामा सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको छ।

धरानको शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने एम्स एकेडेमीको यो सफलताले नगरकै शैक्षिक पहिचानलाई थप बलियो बनाएको शिक्षा विज्ञहरूको भनाइ छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved