सुनसरीबाट ब्राउन सुगरसहित चार जना पक्राउ

  • साउन २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  लागू औषध विरुद्ध चलाइएको अभियानअन्तर्गत सुनसरी जिल्लामा प्रहरीले दुई फरक स्थानबाट ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। काकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस तथा इनरुवा बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार, मिति २०८२ साउन १९ गते राति  कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २९९६ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा एक यात्रुबाट ठूलो परिमाणमा लागू औषध फेला परेको थियो।

मोरङ केराबारी–८ का २८ वर्षीय बालकुमार पाण्डेले लगाएको हाप पेन्टको गोजीमा लुकाई छिपाई राखिएको अवस्थामा ४४.३९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई तत्काल नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको छ।

त्यसैदिन, सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्क चोकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा लागू औषधसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरू र बरामद लागू औषधको विवरण 

धनकुटा साँगुरगढी–६ का २७ वर्षीय सुरेश राईको साथबाट २.७२ ग्राम ब्राउन सुगर।

सुनसरी रामधुनी–५ का २५ वर्षीय निरज खड्का र इटहरी–१७ का १८ वर्षीय मोहमद मुख्तारमध्ये मोहमदको साथबाट १.३९ ग्राम ब्राउन सुगर फेला परेको थियो।

संबन्धित सबै व्यक्तिहरूलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved