धरान १५मा कोठा भाडामा लिएर लागू औषध कारोबार, दुई पक्राउ

  • साउन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरानमा कोठा भाडामा लिएर लागू औषधको कारोबार गर्दै आएका दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको संयुक्त टोलीले शनिबार साझ (मिति २०८२/०४/१७गते)धरान उपमहानगरपालिका–१५ स्थित एभरेष्ट लाइनमा रहेको भाडाको कोठामा छापा मारेको हो।

छापाका क्रममा ३६ वर्षीय हेम बहादुर तामाङ र २८ वर्षीय मिलन थापा मगर पक्राउ परेका छन्।

तामाङ धरान–५ का स्थायी बासिन्दा हुन् भने हाल धरान–१५ एभरेष्ट लाइनमा बस्दै आएका थिए। थापा भने धनकुटा घर भई हाल धरान–१६ मा बसोबास गर्दै आएका छन्।

प्रहरीले उनीहरूको कोठाबाट २,९१० क्याप्सुल ट्रामोल र २,९५० ट्याब्लेट डिकोलिक बरामद गरेको जनाएको छ।

दुबैलाई नियन्त्रणमा लिई धरानस्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved