आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा

  • साउन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt _बिकास चाम्लिङ राई

धरान/डिपो स्कुलको आयोजनामा विहीबारदेखि सुरु भएको विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।

शनिबार सम्पन्न खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९, प्याराडाइज स्कुल तरहराले पूर्वाञ्चल स्कुल तरहरालाई ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ तथा कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

उक्त दिनको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम श्रेष्ठ र कार्मेल स्कुलका प्रीत्युस भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए।

उनीहरुलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र डिपो स्कुलका खेलकुद संयोजक उमेश ताम्राकारले ट्रफी प्रदान गरेका थिए।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका छन्।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। ‘मोस्ट भ्यालुएबल प्लेयर’, ‘हाइ स्कोरर’ र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ विजेतालाई ट्रफी र मेडल प्रदान गरिनेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले नगद एक हजार रुपैयाँसहित सांस्कृतिक अधिकार अवार्ड २०८२ बाट पुरस्कृत “गोरु चिन्तन” पुस्तक उपहार दिने घोषणा गरेका छन्।

सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताका सम्पूर्ण खेल डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन भइरहेको छ।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा आइडल स्कुल र सुनाखरी स्कुल तथा दोस्रो सेमिफाइनलमा कार्मेल हाइ स्कुल र प्याराडाइज स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved