सुनसरीबाट १२८ किलोभन्दा बढी गाँजासहित अटो बरामद

  • साउन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको बर्जु गाउँपालिकाको भित्री सडक खण्ड हुँदै अवैध रुपमा लागुऔषध गाँजा ओसारपसार हुँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

मिति २०८२ साल साउन १६ गते साँझ ७:४० बजे बर्जु गाउँपालिका–३, धत्ता टोल हुँदै कैसलिया खोला पार गर्दै विराटनगरतर्फ जाँदै गरेको को.२ ह. १५१४ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा अटो चालक प्रहरी टोलीलाई देखेपछि उखुबारीतर्फ भागेर फरार भएका थिए।

अटोमा चेकजाँच गर्दा पाँच वटा जेब्रा झोलामा लुकाइछिपाई राखिएको अवस्थामा गाँजा जस्तो देखिने १२८.४५ केजी (एक सय अठाइस किलोग्राम चार सय पचास ग्राम) पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

बरामद गरिएको गाँजासहित अटो नियन्त्रणमा लिइएको र हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै फरार अटो चालकको खोजी कार्य जारी रहेको बताइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved