धरानमा दुई मोटरसाइकलसहित २४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

  • साउन १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । लागू औषध ओसारपसारमा संलग्न रहेको आरोपमा सुनसरीको धरानबाट दुई जना मोटरसाइकलसहित पक्राउ परेका छन्।

२०८२ साउन १५ गते साँझ ६:५५ बजेको समयमा धरान उपमहानगरपालिका–२० स्थित सिरिसेबास हिले खोला क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँचका क्रममा २४ किलोभन्दा बढी गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ जलारा निवासी ३२ वर्षीय बिरेन राई र सोही गाउँपालिका–८ खुडीका ३८ वर्षीय मोहन राई रहेका छन्।

बिरेन राईको को.३८प २६९६ नम्बरको मोटरसाइकलमा १३.११५ केजी (तेह्र किलो एक सय पन्ध्र ग्राम) र मोहन राईको प्र–१–०२–०५२ प ९६५७ नम्बरको मोटरसाइकलमा ११.१०५ केजी (एघार किलो एक सय पाँच ग्राम) लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

दुवैजनालाई लागू औषधसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved