पारिवारिक विवादले लिए ज्यान : फालेलुङमा कोदालोको प्रहारबाट पत्नीको मृत्यु कोदालो प्रहारबाट श्रीमतीको मृत्यु

  • साउन १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

फिदिम/  पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमानको प्रहारबाट गम्भीर घाइते भएकी २२ वर्षीया अनु राईको उपचारका क्रममा निधन भएको हो।

पुलिसका अनुसार राईलाई उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालोले प्रहार गरेका थिए। अनु राई फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइतीमा बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार तामाङ ससुराली आएका बेला पारिवारिक विवादका क्रममा कोदालो प्रहार गरेका थिए।

कोदालोको पासोले लागेको घाउ गम्भीर रहेको राईलाई उपचारका लागि झापास्थित बिएण्डसि अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका तामाङलाई प्रहरीले फिदिम नगरपालिका–६ सिवाबाट लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान थालिएको जनाइएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved