वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
संभावित डेङगु रोग संक्रामलाई न्युनिकरणकालागि बिहिवार नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
गएको वर्षहरुको तथ्याङ्का आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले सरोकारवालाहरुलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले बताए।
अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष कपिल आचार्य , वडा नं ८ का अध्यक्ष रोशन खड्का , वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवसी , वडा कार्यालयका प्रतिनिधिहरु, स्वास्थ्य संस्थाका प्रमुख , खानेपानी उपभोक्ता समितिका पदाधिकारी तथा कर्मचारी , स्वास्थ्य शाखा तथा खानेपानी सरसफाई शाखाका प्रमुख एव् कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख डाक्टर धनराज यादव , जनस्वास्थ्य निरिक्षक श्री उमेश मेहता , चतरा अस्पतालका मेसु डाक्टर नवीन अधिकारीले सहजिकरण गरेका थिए ।
"खोज र नष्ट गर " अभियानलाई प्रथामिकतामा राखेर सुरु भएको उक्त अभिमुखिकरण कार्यक्रम डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहता सहजिकरण गरेका थिए ।
डेङगु रोग न्युनिकरण र यसबाट सुरक्षित रहन व्यतिगत सरफाईमा लाग्न नगर प्रमुख रमेश कार्कीले आग्रह गरे व्यक्तिगत सरसफाई , घर वरवरको सरसफाईमा लाग्न नगरवासिलाइ आग्रह गरे । घर वरवरको पानी जम्ने खाडल पुर्न , पानि जम्म नदिन् , सरसफाईमा लाग्न र डेङगुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।
नगरपालिकाले डेङगु सक्रमणलाई बिपत्तकै रुपमा लिएर व्यवस्थापन , आवश्यक्तालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभाबकारी रुप दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका तथा समाजिक संघ ,संस्थालाई नगर प्रमुख कार्कीले निर्देशन दिए ।
डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने
लार्भा सर्च एण्ड डिस्ट्रोयर्ड ( खोज नष्ट गर ) अभियानलाई टोल टोलमा पुर्याउने उनले बताए ।