यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन (एनआरएनए एनसीसी यूएई) को संयुक्त संयोजनमा नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नेपाली राजदूतावासको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा सयौंको संख्यामा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली राजदूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल, सचिव भूपेन्द्र घिमिरे, पीआरओ मो. ईरफान तथा नेपाल एसोसिएसनकी महिला उपाध्यक्ष सोनम श्रेष्ठ लगायतले श्रमिकहरूलाई यूएईको श्रम कानुन, सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा तथा अन्य महत्वपूर्ण विषयहरूमा जानकारी र प्रशिक्षण दिएका थिए।
उनीहरूले श्रमिकहरूलाई समस्या परेमा राजदूतावास वा नेपाल एसोसिएसनसँग प्रत्यक्ष भेट, फोन, ह्वाट्सएप वा ईमेलमार्फत सम्पर्क गर्न सुझाव पनि दिएका थिए।
कार्यक्रमको संयोजनकाे भूमिका निर्वाह गर्नुभएकी महिला उपाध्यक्ष सोनम श्रेष्ठलाई नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएईको तर्फबाट धन्यवाद ज्ञापन गरिएकाे थियाे भने नेपाली राजदूतावासप्रति पनि एसोसिएसनले कृतज्ञता व्यक्त गरेको थियाे ।