सुनसरीमा धरानका २ सहित ७ जनाले ल्याए एसईईमा ४.०० जिपिए

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानसहित सुनसरी जिल्लाका ७ जना विद्यार्थीले उच्चतम ग्रेड ४.०० जिपिए हासिल गरेका छन्।

उत्कृष्ट सूचीमा धरानस्थित सैनिक आवासीय माध्यमिक विद्यालयका प्रज्वल बस्नेत र विष्णु मेमोरियल स्कुलका रूपराज बरालले नाम जोड्न सफल भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका अनुसार यस वर्ष जिल्लाभरका ५० परीक्षा केन्द्रमार्फत १२,५६१ विद्यार्थीले नियमिततर्फ एसईई परीक्षा दिएका थिए।

तीमध्ये ८,७८० जना ग्रेडेड (उत्तीर्ण) र ३,८११ जना ननग्रेडेड भएका छन्।
इकाइका प्राविधिक सहायक तोत्र खडकाका अनुसार ननग्रेडेड विद्यार्थीमध्ये १,७८१ जनाले एक विषयमा, ७९३ जनाले दुई विषयमा र बाँकीले तीन वा बढी विषयमा असफल भएका छन्।

धरानका दुई विद्यार्थीका अलावा अन्य उत्कृष्ट विद्यार्थीहरूमा

  • मिसु प्रधान – मकालु इङ्लिस बोर्डिङ स्कुल, इटहरी
  • बिशेष पौडेल – ग्रिनपिस एकेडेमी
  • सौरभ दाहाल – पूर्वाञ्चल उच्च मावि, तरहरा
  • सुदिश सुवेदी र प्रज्ञान पोख्रेल – नवयुग एकेडेमी, इनरुवा
    परेका छन्।

उक्त विद्यार्थीहरूले ४.०० जिपिए ल्याएर विद्यालय तथा जिल्लाको शैक्षिक स्तर उच्च बनाएका छन्।

प्राविधिक धारतर्फ यस वर्ष ४१८ जनाले परीक्षा दिएका थिए, जसमध्ये ५९.५९ प्रतिशत उत्तीर्ण भएका छन्।

सामुदायिक विद्यालयतर्फ पनि उत्कृष्ट नतिजा

इटहरी–२० स्थित जनसहयोग उच्च मावि सामुदायिक विद्यालयतर्फबाट सबैभन्दा अगाडि देखिएको छ। सोही विद्यालयकी डेनिस बानिया र सजना तामाङ ले समान ३.९६ जिपिए ल्याउँदै सरकारी स्कुलहरूमध्ये जिल्लामै सर्वोत्कृष्ट प्रदर्शन गरेका छन्।

seee

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved