नवोदयमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

बालबालिकाको सिर्जनात्मकता र अभिव्यक्तिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए।

विद्यार्थीहरूलाई तीन समूह — जुनियर (कक्षा १–३), मिडल (कक्षा ४–५), र सिनियर (कक्षा ६–१०) — मा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो।

विद्यालयका इन्चार्ज नीर कुमार राईका अनुसार, प्रतियोगितामा जुनियर समूहबाट ९४ जना, मिडल समूहबाट ७२ जना र सिनियर समूहबाट १७० जना गरी कुल ३३६ जना विद्यार्थी सहभागी भएका थिए।

इन्चार्ज राईका अनुसार, “विद्यार्थीहरूले आफ्ना कल्पनाशक्ति र सन्देशमूलक चित्रमार्फत विभिन्न सामाजिक तथा शैक्षिक विषयवस्तुलाई कलात्मक रूपमा प्रस्तुत गरे।”

प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले यस्ता कार्यक्रमले विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्ने बताए। “हामी किताबी ज्ञानभन्दा बाहिरका सीप र सिर्जनशीलता विकास गर्न यस्ता गतिविधिलाई विशेष प्राथमिकता दिन्छौं,” उनले भने।

विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाले नवोदय विद्या मन्दिरले शिक्षासँगै सृजनात्मक र व्यक्तित्व विकासमा समेत ध्यान दिँदै आएको जनाए।

धरान–१६, अन्नपूर्ण चोकमा अवस्थित नवोदय विद्या मन्दिरले विगत तीन दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ। विद्यालयमा प्लस टु तहसम्मको अध्ययन सुविधा उपलब्ध छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved