वराहक्षेत्रमा पशु पालक कृषकलाई च्याफ कटर (कुटी काट्‌ने) मेशिन

  • असार ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt -संगम बिष्ट

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको छ ।

नगरपालिकाको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत पशुपालक कृषकहरूलाई कृषि औजार सामाग्री च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको हो।

पशुपालन कृषकहरुलाई सहयोग तथा सुविधाकालागि ५० प्रतिशत अनुदानमा १ सय थान च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी बिमल अधिकारीले बताए ।

५० प्रतिशत अनुदान छुटमा च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण कार्यक्रमबाट १ सय परिवार लाभावित भएका छन् । च्याफ कटर ( कुटि काट्ने ) प्राप्त गर्ने पशुपालन कृषकहरुले ११ हजार ५ सय ८५ रुपैया अनुदान छुट प्राप्त गर्ने छन् । 

कृषकहरुलाई सेवा सुबिधाकालागि ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । प्राप्त गतिएको उपकरण र औजारहरुलाई सदुपयोग गर्न नगर प्रमुख कार्कीले आग्रह गरे ।

अनुदान प्राप्त गरेका कृषकले उपकरण र औजारको प्रयोगको सन्दर्भमा अनुगमन समेत गरिने नगर प्रमुख रमेश कार्कीले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved