वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार सामाग्री वितरण गरेको छ ।
नगरपालिकाको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत पशुपालक कृषकहरूलाई कृषि औजार सामाग्री च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको हो।
पशुपालन कृषकहरुलाई सहयोग तथा सुविधाकालागि ५० प्रतिशत अनुदानमा १ सय थान च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण गरिएको नगरपालिकाका पशु सेवा शाखाका प्रमुख बिमल अधिकारीले बताए ।
५० प्रतिशत अनुदान छुटमा च्याफ कटर ( कुटि काट्ने ) मेशिन वितरण कार्यक्रमबाट १ सय परिवार लाभावित भएका छन् । च्याफ कटर ( कुटि काट्ने ) प्राप्त गर्ने पशुपालन कृषकहरुले ११ हजार १ सय ८५ रुपैया अनुदान छुट प्राप्त गर्ने छन् ।
कृषकहरुलाई सेवा सुबिधाकालागि ५० प्रतिशत अनुदानमा कृषि उपकरण तथा सामाग्री वितरण गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । प्राप्त गतिएको उपकरण र औजारहरुलाई सदुपयोग गर्न नगर प्रमुख कार्कीले आग्रह गरे ।
अनुदान प्राप्त गरेका कृषकले उपकरण र औजारको प्रयोगको सन्दर्भमा अनुगमन समेत गरिने नगर प्रमुख रमेश कार्कीले बताए ।