साकेला उभौलीको भव्य समापनमा हर्क साङपाङको घोषणा : “राजा फर्काउने हो भने यालम्बर फर्काऔं”

  • जेठ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभौलीको भव्य समापन समारोह धरान १७ स्थित साकेला पार्कमा सम्पन्न भएको छ।

सुनसरी जिल्ला किरात राई यायोक्खाद्वारा आयोजित कार्यक्रममा सांस्कृतिक उत्सवसँगै राजनीतिक मन्तव्यहरू पनि गुञ्जिए।

कार्यक्रमका प्रमुख वक्ता धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) ले गणतन्त्रको बलियो पक्षमा उभिँदै पछिल्लो समय उठिरहेको राजतन्त्र पुनर्स्थापनाको बहसलाई चर्को प्रतिवाद गरे।

उनले भने, “यदि यो देशमा राजतन्त्र फर्काउने हो भने किरातीहरूले पनि आफ्नो राजा यालम्बर फर्काउनुपर्छ।”

मेयर साङपाङले गणतन्त्रलाई सबै नागरिकलाई बराबरी अवसर दिने व्यवस्था भन्दै समर्थन जनाए। “हामी त्यो व्यवस्था चाहन्छौं जहाँ चिया बेच्नेको छोरा वा रिक्सा चालक पनि राष्ट्रप्रमुख बन्न सक्छ,” उनले भने, “गणतन्त्रले यस्तो सम्भावनाको ढोका खोलिदिन्छ।”

उनले साकेला पर्वमा नाचिने सिलिलाई श्रम र संस्कृतिको प्रतीक बताउँदै श्रमलाई देशप्रतिको पवित्र कर्तव्यको रूपमा चित्रण गरे। “सिलि नाँचेर मात्रै हुँदैन, सिलि भनेको श्रम हो – माटो छुने, पसिना बगाउने काम हो,” साङपाङको भनाइ थियो।

चिण्डे डाँडामा निर्माण भइरहेका सुम्निमा–पारुहाङको प्रतिमा राज्यको बजेट नभई जनसहभागिताबाट बनाइने मेयर राईले स्पष्ट गरे। “राज्यको पैसा स्कुल, अस्पताल, बाटो, पुलमा लगाउनुपर्छ।

मूर्ति निर्माण जस्ता काम जनताबाटै गर्नुपर्छ,” उनले बताए।

पूर्व मेयर तिलक राईले कार्यक्रममा किराती पहिचान आन्दोलनलाई कूटनीतिक दृष्टिले अघि बढाउन सुझाव दिए। “गैर–किरातीहरूलाई हाम्रो मञ्चमा ल्याउन सक्नुपर्छ। उनीहरूको मञ्चमा गएर पनि हाम्रो शक्ति प्रमाणित गर्न सक्नुपर्छ,” उनले भने।

राज्यसत्तामा पुग्न ‘राजनीतिक सूझ’, ‘कूटनीति’ र ‘भावनात्मक बुद्धिमत्ता’ आवश्यक रहेको उल्लेख गर्दै उनले संयमता र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

सुनसरी जिल्लाका २५ वटै वडाबाट साकेला सिलि नृत्य प्रतियोगितामा सहभागिता भएको किरात राई यायोक्खा, सुनसरी अध्यक्ष राजेन्द्र राईले जानकारी दिए।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका सभापति प्रशान राई र डा. राजकुमार राईलाई विशेष सम्मान प्रदान गरिएको थियो।

 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved