धरानमा मर्निङवाक जाँदै गरेका व्यक्तिको लडेर मृत्यु, पहिचान खुल्यो

  • जेठ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुने व्यक्तिको पहिचान तेह्रथुम म्याङलुङ नगरपालिका–१० घर भई हाल धरान–१५ श्यामचोक पूर्वपट्टी कञ्चनमार्गमा बसोबास गर्दै आएका ४१ वर्षीय भिमसुन्दर लिम्बुका रूपमा खुलेको छ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुका अनुसार मृतकको पहिचान उनकी श्रीमती चन्द्रकुमारी लिम्बुले गरेकी हुन्।

स्थानीयका अनुसार भिमसुन्दर आज (शनिबार) विहान मर्निङवाक जाँदै गर्दा धरान–१५ स्थित निराजन बस्तीको उकालोमा लडेका थिए। सोही स्थानमै उनको मृत्यु भएको बताइएको छ।

प्रहरीका अनुसार भिमसुन्दर उच्च रक्तचाप र मधुमेहका बिरामी थिए। प्रारम्भिक अनुमानअनुसार हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने जनाइएको छ।

उनको शव पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली!

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved