जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई गर्भवती बनाउने युवक पक्राउ

  • जेठ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ्कर राजवंशीलाई जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई आठ महिनाको गर्भ बोकाउने आरोपमा प्रहरीले पक्राउ गरेको छ।

राजवंशीलाई कनकाई नगरपालिका–८, लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, गत असोज २४ गते बिहान ४ः३० बजेबाट राति ९ बजेसम्म भद्रपुरस्थित एक होटेलमा राजवंशीले किशोरीलाई जबरजस्ती करणी गरेका थिए। करणीका कारण ती किशोरी आठ महिनाको गर्भवती भएकी छन्।

युवतीलाई घरमै सिकिस्त अवस्थामा भेटिएपछि स्थानीयवासीको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरेको थियो।

पीडितकी बाबुले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका थिए। उजुरीका आधारमा शुक्रबार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल उनी प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved