जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई गर्भवती बनाउने युवक पक्राउ

  • जेठ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ्कर राजवंशीलाई जबरजस्ती करणी गरी १७ वर्षीया किशोरीलाई आठ महिनाको गर्भ बोकाउने आरोपमा प्रहरीले पक्राउ गरेको छ।

राजवंशीलाई कनकाई नगरपालिका–८, लक्ष्मीपुरमा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, गत असोज २४ गते बिहान ४ः३० बजेबाट राति ९ बजेसम्म भद्रपुरस्थित एक होटेलमा राजवंशीले किशोरीलाई जबरजस्ती करणी गरेका थिए। करणीका कारण ती किशोरी आठ महिनाको गर्भवती भएकी छन्।

युवतीलाई घरमै सिकिस्त अवस्थामा भेटिएपछि स्थानीयवासीको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरेको थियो।

पीडितकी बाबुले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका थिए। उजुरीका आधारमा शुक्रबार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल उनी प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved