'अपरेशन सिन्दूर' शीर्षकमा बलिउडमा तीव्र प्रतिस्पर्धा, ५० भन्दा बढी निर्माता दौडमा

  • वैशाख २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका सात सहरमा रहेका नौ जना आतंकवादीहरू लुकेका स्थानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ।

सेनाको सफल सैन्य कारबाहीसँगै यसको नामलाई लिएर फिल्म निर्माण क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखिएको हो।

दैनिक भास्करको रिपोर्टअनुसार, हालसम्म करिब ५० फिल्म निर्माता ‘अपरेशन सिन्दूर’ शीर्षकमा चलचित्र बनाउने तयारीमा जुटेका छन्।

फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (FWICE) अन्तर्गत इंडियन मोशन पिक्चर प्रोड्यूसर्स एसोसिएसन (IMPPA) का उपाध्यक्ष बीएन तिवारीले यो जानकारी दिएका छन्।

उनका अनुसार अपरेशनको समाचार बाहिरिएलगत्तै निर्माताहरूले शीर्षक दर्ता गर्नका लागि सम्पर्क गर्न थालेका थिए।

मे ७ कै बिहानदेखि फोनहरू आउन थालेको उनले बताए। हालसम्म IMPPA मा मात्रै १५ भन्दा बढी निर्माताले आवेदन दिएका छन् भने बाँकी अन्य तीन चलचित्र संघहरूमा समेत यस्ता आवेदन पुगेको अनुमान गरिएको छ।

तिवारीका अनुसार एउटै शीर्षकका लागि धेरैजनाले आवेदन दिएको अवस्थामा पहिले आवेदन दिने निर्माता प्राथमिकतामा पर्नेछन्। उनले भने, “'अपरेशन सिन्दूर' शीर्षक केवल एक जनाले मात्र पाउनेछ।

अन्यले त्यससँग मिल्दोजुल्दो नाम प्रयोग गर्न सक्नेछन्, जस्तै ‘देशका सिन्दूर’, ‘इन्साफका सिन्दूर’ वा ‘अपरेशन सिन्दूर: ए ट्रु स्टोरी’।”

यो शीर्षक दर्ता गरेर धेरै निर्माताहरूले आफू मात्र अधिकार प्राप्त गर्न चाहेका छन्। केहीले त यसलाई आफ्नै प्रोडक्सन हाउसको नाम बनाउने योजना समेत बनाएका छन्।

तिवारीले यसअघि कुनै शीर्षकका लागि यति ठूलो प्रतिस्पर्धा नदेखिएको भन्दै यो पहिलोपटक भएको प्रतिक्रिया दिएका छन्।

स्रोतका अनुसार कसैले स्क्रिप्ट लेख्दै छन्, कसैले गीत बनाउँदै छन् भने केही निर्माताहरू वेब सिरिज निर्माणको तयारीमा छन्।

अपरेशन सिन्दूरलाई ‘विश्वकै सबैभन्दा सफल सैन्य अपरेशन’को रूपमा प्रचार गरिँदै आएकोले पनि यसको लोकप्रियता झन् बढेको हो।

यता, रिलायन्स इन्डस्ट्रीजले समेत मे ७ मै उक्त शीर्षकको ट्रेडमार्क दर्ता गर्न आवेदन दिएको थियो।

तर केही समयमै उक्त आवेदन फिर्ता लिएको जनाइएको छ। ट्रेडमार्क क्लास ४१ अन्तर्गत दर्ता गरिने योजना थियो।

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved