इनरुवा–५ मा एमालेको ‘जरा अभियान’ समापन

  • वैशाख ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएको जरा केन्द्रित अभियान शुक्रबार समापन गरिएको छ ।
वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षता र उपाध्यक्ष लाल बहादुर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भीम आचार्य प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो ।

WhatsApp Image 2025-04-19 at 11.41.31 1
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले युवा लक्षित बजेट निर्माणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले देशभित्रै रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै वैदेशिक पलायन रोक्न त्यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

WhatsApp Image 2025-04-19 at 11.41.31 (1) 1

 

जेष्ठ नागरिकप्रति सम्मान र सहयोगलाई निरन्तरता दिने पार्टीको प्रतिबद्धता दोहोर्याउँदै उहाँले इनरुवा–दुहबी सडकलाई प्रदेशको गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार गर्न आफू प्रदेश सरकारसँग लगातार संवादमा रहेको जानकारी दिनुभयो।जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य जगदीश कुर्सियतले इनरुवा–५ मा जरा केन्द्रित अभियानले आफ्नो मूल उद्देश्य पुरा गरेको महसुस व्यक्त गर्नुभयो। लोकतान्त्रिक व्यवस्था मजबुत पार्न नेकपा ९एमाले० निरन्तर जनतासँग जोडिँदै आएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा केन्द्रिय अनुशासन आयोग सदस्य पोस्ट नेपाल ,कोशी प्रदेश कमिटी सदस्यहरु नीरा खनाल, लोकेश निरौला, राम प्रसाद मेहेता, कालुराम गुरुङ, राजकुमार दङ्गाल, सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष पर्शुराम यादव लगायत नगर भित्रका विभिन्न तहका नेताहरु तथा सदस्यहरुको उपस्थिति थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा १०५ वर्षीया कृष्णमाया देवी कोईराला लगायत वडा भित्रका ८० वर्षभन्दा माथिका ६८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो।जरा अभियानका प्रमुख अभियन्ता तथा प्रदेश कमिटी सदस्य लोकेश निरौलाले इनरुवा–५ बलाह क्षेत्र शिक्षित जनसमुदाय र कम्युनिस्ट आन्दोलनको उर्वर भूमि रहेको उल्लेख गर्दै अभियान अन्तर्गत टोल टोलमा कमिटी निर्माण,सत प्रतिशत सदस्यता नवीकरण र उत्साहजनक नयाँ सदस्यता विस्तार भएको जानकारी दिनुभयो।

विकास निर्माण र जन सरोकारका विषयमा बृहत छलफल हुँदै पार्टी सशक्तीकरण र शुद्धीकरणमा अभियान सफल भएको बताउँदै उहाँले सबै तहका नेतृत्व र जन समुदायलाई धन्यवाद ज्ञापन गर्नुभयो।जरा अभियान २०७९ फागुन २४ गते अभिमुखीकरण तथा सदस्यता नविकरण कार्यक्रमबाट सुरु गरिएको थियो। सो दिन ९२ वर्षीय भवानी प्रसाद पोखरेलले सदस्यता नवीकरण गर्दै अभियान प्रारम्भ भएको थियो।

कार्यक्रममा भीम आचार्य, जगदीश कुर्सियत, लोकेश निरौला, पर्शुराम यादव, नगर कमिटी अध्यक्ष प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved