धरान फाइटनाइटमा १६ बक्सरको भिडन्त आर्मी क्लबका स्वर्ण विजेता समेत सहभागी हुँदै

  • वैशाख ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत बक्सिङमा देशभरीबाट १६ जना प्रोफेसनल (प्रो), एमेच्योर र फिमेल फाइटरहरुले प्रतिष्पर्धा गर्ने भएको छ ।

अन्तराष्ट्रिय बक्सिङ एसोशिएशन (आइबा) को अनुमतिमा नेपालमा पहिलो पटक हुन गइरहेको प्रो बक्सिङको रोमान्चक इभेन्ट धरान १५ स्थित चुम्लुङहिममा हुने आयोजक धरान बक्सिङका सचिव महेश आलेले जानकारी दिए ।
प्रोफेनसल विद्या अन्तर्गत ८ जना खेलाडिहरुले ३ वटा तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् ।

५१ केजी तौल समुह अन्तर्गत बागमती प्रदेशको नक्साल बक्सिङ क्लबबाट आयुष अधिकारी विरुद्ध कोशी प्रदेशको झापाबाट फुङलाम काङबाङले प्रतिष्पर्धा गर्ने छ ।५७ केजी तौल समुह अन्तर्गत कोशी प्रदेशको धरानबाट सिंहवीर लिम्बू विरुद्ध त्रिभूवन आर्मी क्लवका पुरण सुनुवारले प्रतिष्पर्धा गर्नेछन् ।

६० केजी तौल समुह अन्तर्गत कोशी प्रदेशको धनकुटाबाट अनिष भूजेल विरुद्ध बागमती प्रदेशको सिजिजि क्लवका सुलभ मालीले प्रतिष्पर्धा गर्ने छन् भने साढे ६३ केजी तौल समुह अन्तर्गत कोशी प्रदेशको धरानबाट दिपाल राई विरुद्ध त्रिभूवन आर्मी क्लबका सम्राट महर्जनले प्रतिष्पर्धा गर्ने तय भएको सचिव आलेले बताए ।

त्यूतै एमेच्योर विद्या अन्तर्गत ६ जना बक्सरहरुले प्रतिष्पर्धा गर्ने छन् जसमा ५४ केजी तौल समुहमा धरानका शेखर राई विरुद्ध उदयपुरका अभिशेष बस्नेत, ५७ केजी तौल समुहमा धरानका राजन राई विरुद्ध धनकुटाका मनिष पराजुली र ६० केजी तौल समुहमा धरानका असिन लिम्बू विरुद्ध काठमाण्डौंका सिजिजि क्लवका निकेश गुरुङको भिडिन्त हुने आयोजक कमिटीका अध्यक्ष दिपक राईले जानकारी गराए ।

त्यस्तै फिमेल फाइट विद्या अन्तर्गत २ जना बक्सरहरुले सहभागीता जनाउनेछन् जसमा ४८ केजी तौल समुहमा नक्साल बक्सिङ क्लव काठमाण्डौकी दिब्या चेम्जोङ लिम्बू विरुद्ध उदयपुकी दिविका राई एकापसमा प्रष्पिर्धा गर्ने अध्यक्ष राईले बताए ।

बैशाख १२ गते अपरान्ह साढे ४ बजेबाट प्रारम्भ हुने रात्रिकालिन प्रतियोगितालाई रोमान्चकता दिनका लागि सेन्सी डान्स स्टुडियोको प्रस्तुतिसंगै द आउटसाइडर्स व्याण्डको लाइभ प्रस्तुति रहने र डिजे नोभ्सनले आगन्तुकहरुलाई नचाउनेछन् । कार्यक्रमको होस्ट इक्सा मादेन र सुदिप यल्मोले गर्ने आयोजकले जानकारी गराएका छन्।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved