बिजनेस एक्स्पोको आय व्यय सार्वजनिक ५ करोडको कारोबार,दुई लाख ५८ हजार बढी बचत

  • चैत २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान। सुनसरीको धरानमा नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले आयोजना गरेको १५ दिने विजनेस एक्स्पो २०८१ को आय व्यय सार्वजनिक गरेको छ ।

विहीबार महासंघले पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको हो । आयोजक महासंघका अध्यक्ष शिवराज श्रेष्ठले पत्रकार सम्मेलनमा एक्स्पो अवधिभरी ५ करोड बराबरको कारोबार भएको बताए । श्रेष्ठले भने,“एक्स्पो अवधीभरीमा आम्दानी तर्फ रकम ६९ लाख ३२ हजार ५७० रुपैयाँ आय भएकोमा खर्च कटाएर कुल २ लाख ५८ हजार ८८५ रुपैयाँ बचत भएको आयव्यय पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

आयमा सबैभन्दा बढी गेट टिकटबाट कुल ३१ लाख ४९ हजार ५७० रुपैयाँ सङ्कलन भएको छ भने प्रदेश सरकारबाट १० लाख, स्टल भाडाबाट ५ लाख ७२ हजार, रोटे पिङबाट २ लाख सङ्कलन भएको थियो ।सहयोग स्वरूप उद्योग वाणिज्य आपूर्ति मन्त्रालयबाट ३ लाख ५० हजार, ग्लोबल आइएमई बैङ्कबाट ३ लाख, गोर्खा ब्रुअरी २ लाख, उद्योग व्यवसायी महासङ्घ २ लाख, सिल्भर ओकबाट १ लाख ५० हजार, र नेपाल पर्यटन बोर्ड, रमपम, सेञ्चुरी, पिएलओ, डिभाइन वाइनबाट १÷१ लाख रुपैयाँ प्राप्त भएको श्रेष्ठले बताए ।

कार्यक्रम अवधिभरी सबै भन्दा बढी साङ्गीतिक÷सांस्कृतिक कार्यक्रममा कुल ४२ लाख ४१ हजार ५०० सय रुपैयाँ भएको जनाइएको छ ।एक्स्पोका मुख्य आकर्षणमा जुत्ता व्यापार मेला, महिला हस्तकलाका सामग्री, बाल नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, बाल उद्यान, र विविध परिकारका स्टल रहेका थिए।

स्थानीय पर्यटन प्रवद्र्धनसँगै व्यवसाय प्रवाहमा समेत टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोको प्रमुख प्रवद्र्धक भ्रमण वर्ष २०८२, कोशी प्रदेश थियो भने कृषि, उद्योग तथा सहकारी मन्त्रालय, कोशी प्रदेश विशेष सहयोगीका रूपमा सहभागी थियो।
एक्स्पोले धरानको शिथिल बनेको व्यापारलाई चलायमान बनाउन, स्वदेशी उत्पादनको बजार विस्तार गर्न र उपभोक्तालाई सुलभ मूल्यमा सामग्री उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष आयोजक महासंघका सचिव चन्द्र सुवेदीले बताए ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved