मुख्यमन्त्री हिक्मत कार्कीलाई जिफन्टको ज्ञापन

  • चैत १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ चिया बगानमा काम गर्ने श्रमिकहरुको न्युनतम ज्याला अन्य श्रमिकहरु समान हुनुपर्ने माग सहितको ज्ञापनपत्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश कमिटीले आइतबार मुख्यमन्त्रीको कार्यकक्षमै ज्ञापनपत्र बुझाएको हो । 

अन्य श्रमिकहरुको दैनिक ज्याला ६ सय ६८ रहेको र्भपनि चिया तथा कफी बगानमा काम गर्ने श्रमिकहरुलाई ५ सय मात्रै तोकिदाँ श्रमिकहरुमाथि विभेद भएको भन्दै समान ज्याला कायम गरिनु पर्ने र श्रम कानुन कार्यान्वयनका लागि हरेक प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गराइनु पर्ने माग रहेको छ । 

त्यस्तै सरकारले सबै श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा लगेको भएपनि बगान क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उक्त कोषमा सहभागी नगराएका कारण वर्षौदेखि बगानमा जीवन अर्पण गरेका श्रमिकहरु समस्यामा परेकाले चिया तथा कफी उत्पादन प्रशोधन गर्ने उद्योग र यससंग सम्बन्धित काममा कार्यरत सबै प्रकारका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण गर्न प्रदेश सरकारले आवश्यक पहलकदमीका लागि माग गरिएको छ । 

त्यस्तै सरकारले तोकेको न्युनतम ज्याला भन्दा कम नहुनेगरी स्थानीय सरकारले ज्याला निर्धारण गर्न सक्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरे बमोजिम श्रमिकहरुको पञ्जीकरण र कानुन कार्यान्वयन गर्न प्रदेश भरीका सबै पालिकाहरुमा श्रम डेस्कको व्यवस्था गरि श्रमिकहरुको तत्काल पञ्जीकरण गर्न माग गरिएको छ । 

जिफन्ट आवद्ध चिया कफी श्रमिक युनियन नेपालको प्रतिनिधित्व गर्दै जिफन्ट राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई, जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला लगायतको टोलीले नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का लगायतको उपस्थितिमा मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो । 

ज्ञापनपत्र ग्रहरण गर्दै मुख्यमन्त्री कार्कीले चिया तथा कफी क्षेत्रलाई प्रवर्धन र विकासका लागि कोशी प्रदेश सरकारले विशेष योजना बनाएको छ ।

सय वर्ष इतिहास बोकेको चिया बगान क्षेत्रका श्रमिकहरुमाथिको यो विभेदका कारणहरुपनि खोजी यही योजनाभीत्र अवश्य समेटिने र क्रमिक सुधार गर्दै श्रमिकहरुको जीवनसंग मेल खानेगरी सुधार गरिने बताउनुभयो ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved