स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीति तातियो

  • फागुन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेसँगै देशभरका क्याम्पसहरूमा विद्यार्थी राजनीति तातेको छ। विभिन्न दलनिकट विद्यार्थी संगठनहरूले चुनावी रणनीति तयार गर्दै तिव्र चुनावी प्रचारप्रसार थालेका छन्।

फागुन २७ गते उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन्। स्ववियु निर्वाचनलाई ‘मिनी संसद’का रूपमा लिइने भएकाले प्रमुख विद्यार्थी संगठनहरू आ(आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न रणनीति अपनाइरहेका छन्।

कतै गठबन्धन, कतै तीव्र प्रतिस्पर्धा

यस पटकको स्ववियु निर्वाचनमा कतिपय क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् भने कतै तीव्र प्रतिस्पर्धा देखिएको छ।

सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियुले चुनावी तालमेल गर्दै १२ क्याम्पसमध्ये ६-६ क्याम्पसमा नेतृत्व बाँड्ने निर्णय गरेका छन्।

तर, चितवनका केही क्याम्पसहरूमा भने मनोनयन दर्ताका क्रममा विवाद देखिएको छ। सप्तगण्डकी बहुमुखी क्याम्पस र बालकुमारी बहुमुखी क्याम्पसमा उम्मेदवारी प्रक्रियामा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

सुरक्षा व्यवस्था कडा

स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार र विश्वविद्यालय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएका छन्। गृहमन्त्री रमेश लेखकले ७७ वटै प्रमुख जिल्ला अधिकारीहरूलाई पूर्ण सुरक्षा दिन निर्देशन दिएका छन्। केन्द्रीय सुरक्षा सेल गठन गरिएको छ, जसले आवश्यकता अनुसार सुरक्षाबल परिचालन गर्नेछ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनप्रति विद्यार्थीहरू उत्साहित देखिन्छन्। क्याम्पसहरूमा विभिन्न बहस, छलफल, पोस्टर टाँस्ने, भोट माग्ने जस्ता गतिविधिहरूले माहोल चुनावमय बनेको छ।

स्ववियु निर्वाचनको परिणामले विद्यार्थी राजनीतिमा ठूलो प्रभाव पार्ने भएकाले सबै पक्षहरू यसलाई विशेष चासोका साथ हेरिरहेका छन्। चैत ५ गते निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन, विद्यार्थी संगठन र क्याम्पस व्यवस्थापनबीच समन्वय भइरहेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved