किराया हङकङले भव्य रुपमा मनाए किरात नया वर्ष यलेदोङ ५०८५ विकास चाम्लिङ राई

  • माघ ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ किरात राई यायोक्खा हङकङले यहि माघ ६ गते जनवरी १९ को दिन किरात नया वर्ष यलेदोङ ५०८५, किराया हङकङ २७ औ स्थपना दिवस, २० औ सामुहिह चुलो स्थापना दिवस र ९ औ सुप्तुलुङ खिम(चुलो घर ) दिवसको अवसरमा किरात राई सास्कृतिक मेला २०२५ को अयोजना गरि भव्य रुपमा मनाएको छ ।

किराया हङकङले हङकङ स्थित सानविन किलिचुङमा रहेको किराया हङकङको आप्mनै भवनमा सास्कृतिक उत्सव आयोजना गरेका थिए । सामुहिक रुपमा चुला पुजा गरेर उत्सव २०२५ मनाउन सुरु गरिएको थियो ।

उत्सवको अवसरमा किराया हङकङले हङकङमा रहेर ग्राजुएट गरेका तिर्शला राई र जय राईलाई सम्मान गरेका थिए ।

उनिहरुलाई कार्यक्रमका सभाध्यक्ष किराया हङकङका अध्यक्ष गजेन्द्र राई र प्रमूख अतिथि किराय हङकङ जेष्ठ नागरिक हितवहादुर राईले फेटा गुथेर सम्मान पत्र प्रदान गरेको थियो ।

उत्सवामा किराया हङकङका विभिन्न भाषिक संस्थाले विभिन्न सास्कृतिक परिकार र भेषभुषाहरुको स्टल राखेका थिए । उत्सवामा उपस्थितिहरुलाई मनोरन्जनका लागि हाउजि ९तम्वोला० समेत खेलाइएको थियो ।

माघ १ माघे संक्राति किरात समुदायको नया वर्ष यलेदोङ रहेकोले यसैलाई अधार मानेर किराया हङकङले वार्षिक रुपमा सास्कृतिक महोत्सव गर्दै आइरहेको अध्यक्ष गजेन्द्र राईले जानकारी गराए । हङकङमा रहेका किरात राई समुदायहरुमा हाम्रो भाषा, संस्कृति र पहिचानको महत्व, संरक्षण र पर्वद्धनका लागि उत्सव आयोजनाको सुरुवात गरिएको उनले वताए ।

किराया हङकङ सन १९९८ मा स्थापना भएको हो । २०१६ मा हङकङमा रहेका किरात राईहरुले सहयोग संकलन गरि २।५ मिलियन हङकङ डलरमा भवन खरिद गरि सुप्तुलुङ खिम स्थापना गरिएको किराया हङकङका सचिव शिवकुमार राईले वताए ।

कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथि हितवहादुर राई, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ मकाउ अध्यक्ष भिम राई, किरात याक्थुम चुम्लुङ हङकङ अध्यक्ष श्यामकुमार इङनाम, सुनुवार सेवा समाज हङकङका प्रतिनिधि देवराज सुनुवार, किराया हङकङका भाषिक संस्थाका तर्फ वाट थुलुङ सामा हङकङका अध्यक्ष रामेलि थुलुङ, संरक्षकका तर्फ वाट हेजेन राई, सल्लाहकारहरुका तर्फ वाट सुवास पुमा लगायतले सुभकामाना मन्तव्य राखेका थिए ।

maghe

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved