धरान संगीत जात्रा:आज ज्योती मगरले धरान तताउने

  • पुस १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायीका ज्योती मगरको प्रस्तुती रहने भएको छ ।

धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजे गायीका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी गराए ।

गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं दिन आइतबार दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गायीका ज्योती मगरलाई धरान ल्याइएको राईले बताए ।

प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी)ले बताए ।

धरान उपमहानगर १५ नम्बर वड समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved