धरान संगीत जात्रामा शनिबार बगरकोटमा झिमझिमाउने आँखा

  • पुस १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा टेन्डिङमा पर्यो ।

उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन अर्था ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ । 

युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू धरान संगीत जात्रा, सांस्कृतिक महोत्सवमा धरान आउने भएकाछन्, लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै चलेका गीतहरु हुन् ।

उनलाई नेचर क्लव धरानले पुस १३ गते शनिबार धरान बोलाएका हुन् ।

पुस १७ गतेसम्म धरान १५ स्थित बगरकोटमा जारी महोत्सवमा धराने जनताको माग भए अनुसार आफुहरुले एकदेव लिम्बूलाई निम्तो गरिएको क्लवका अध्यक्ष कृष्ण राईले बताए । 

सांगीतिक दुनियाँमा पछिल्लो पुस्ताले रुचाइएका गायक लिम्बू गायकीमा मात्रै होइन समाजसेवामा पनि उक्तिकै सक्रिय रहेकाछन् । केही समय अघिमात्रै फरक क्षमताकी एक युवतीको सहयोगार्थ उनकै घरमा च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए । 

लोक आधुनिक तथा पप फ्लेवरका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर धरान संगीत जात्रामा एकदेव लिम्बूलाई बोलाइएको जात्राका संयोजक दिपचन्द्र राई ९कान्छि० ले बताए । 

प्रत्येकदिनजसो चर्चितका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले लगतै आइतबार ज्योती मगर, सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको कान्छिले बताए ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved