म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार

  • पुस १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  रोजगारीको प्रलोभन देखाएर गैरकानुनी तवरले म्यानमार  पुर्‍याइएका पाँच नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड हुँदै उनीहरुलाई नेपाल फिर्ता ल्याएको बैंककस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।

चार पुरुष र एक महिलालाई थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा नेपाल ल्याइएको दूतावासले जनाएको छ ।

‘म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाई सरकारी निकाय, आईओएम थाइल्याण्ड र अन्य गैरसरकारी संस्थाको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा एक जना महिलालाई नेपाल फर्काइएको छ,’ दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देश नआउन पनि सचेत गराएको छ ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved