धरान । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राईलाई नियन्त्रणमा लिएर कार्वाही गर्नको लागि माग गरेको छ ।
आज धरानमा आएको गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र वुझाउँदै धरानमा पत्रकारहरु असुरक्षित भएको भनेर उक्त माग गरेका हुन् । ध्यानाकर्षण पत्रमा भनिएको छ ,कानुनविपरित व्यक्ति वा समुदायलाई आतङ्कित पार्ने पदीय मर्यादामा जोसुकै भए पनि कानुनी नियन्त्रणमा आउनु पर्ने र सजायको भागिदार हुनुपर्छ भन्ने कुरामा नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ दृढ छ ।
तसर्थ, समाजमा अराजकता र आतङ्क फैलाउने धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईलाई नियन्त्रणमा लिन गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौ ।
गृहमन्त्री लेखकले पनि सरकार पूर्ण प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रेस स्वतन्त्रता बिना लोकतान्त्रिक प्रणालीको संस्थागत विकास नहुने भन्दै सरकार गम्भीर रहेको बताए ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पत्रकारलाई धम्की दिएको विषयमा गृहमन्त्री ध्यानाकर्षण भएको सुनाए । बिपीका साहित्यिक विचारहरू लोकार्पण कार्यक्रममा पत्रकार सुरक्षित भए मात्र समाज सुरक्षित हुने भनाइ राखे ।
खोज पत्रकारिता केन्द्रमा गोपाल दाहालसहित नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समाचार लेखेको विषयमा मेयर साम्पाङले धम्की दिएका थिए ।
गृहमन्त्री लेखक धरानमा आज भएको बिपीका साहित्यिक विचारहरू लोकार्पण कार्यक्रममा पत्रकार सुरक्षित भए मात्र समाज सुरक्षित हुने भनाइ राखे नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा काँग्रेस नेताहरूले सम्बोधन गरेका थिए ।
यस्तो छ, ध्यानाकार्षण
मिति ०८१ मंसीर २१
माननीय गृहमन्त्रीज्यु
गृह मन्त्रालय, नेपाल सरकार, काठमाडौं, नेपाल ।
विषय–ध्यानाकर्षण गराइएको बारे ।
नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा मुख्य भूमिकामा पत्रकारिताको पनि रहेको विषय सबैलाई थाहा भएकै हो । घोषित वा अघोषितरुपमा पत्रकारिताले राज्यको स्थायी प्रतिपक्षीको भूमिका खेलिरहेको छ ।
नेपालको संविधान ०७२ ले आप्mनो प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ को निश्चितता गर्दै मौलिक हकअन्तर्गत विचार अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । पत्रकारहरुले नेपालको संविधानको यही भावनालाई आत्मसाथ गर्दै खबरदारी गरिरहेको छ ।
तर, आप्mनो भूमिका निर्वाह गर्ने क्रममा पत्रकारहरुमाथि पदीय मर्यादामा बसेका पदाधिकारीहरुबाट आक्रमण भइरहेको छ, जुन दुखद विषय हो ।
भर्खरैमात्र धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले पत्रकारहरुप्रति समाजिक सञ्जालमार्पmत धम्की दिएको विषय माननीय गृहमन्त्रीसमक्ष अवगत गराउँछौं ।
खोज पत्रकारिता केन्द्रको हिमाल खबरमा ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ भन्ने शिर्षकमा छापिएको विषयलाई लिएर पत्रकार गोपाल दाहाल र जनकऋषि राईलाई दिएको धम्कीले सिङ्गो पत्रकारिता क्षेत्रलाई आतङ्कित पारेको जानकारी गराउन चाहन्छौं ।
नगर प्रमुखको पदीय मर्यादामा रहेको व्यक्तिले समाजिक सञ्जाल प्रयोग गरि ज्यान मार्ने आसयको धम्की दिएर समाजमा आतङ्क फैलाइरहेको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछौं ।
कानुनविपरित व्यक्ति वा समुदायलाई आतङ्कित पार्ने पदीय मर्यादामा जोसुकै भए पनि कानुनी नियन्त्रणमा आउनु पर्ने र सजायको भागिदार हुनुपर्छ भन्ने कुरामा नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ दृढ छ ।
तसर्थ, समाजमा अराजकता र आतङ्क फैलाउने धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईलाई नियन्त्रणमा लिन गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौ ।
अध्यक्ष जनकऋषि राई