प्रथम धरान हेल्पिङ ह्यान्ड्स कपको उपाधि लमजुङ फुटबल क्लबलाई

  • मंसिर १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  युएई (दुबई) को अलकुज एस्थित दुल्स्को मैदानमा आइतबार सम्पन्न फुटबल प्रतियोगिताको फाइनल खेलमा न्यू ब्वाइज फुटबल क्लबलाई पराजित गरी लम्जुङ फुटबल क्लबले उपाधि हात पारेको छ ।

प्रथम धरान हेल्पिङ ह्यान्ड्स कप– २०२४ फुटबल प्रतियोगितामा अबुधाबीको नखिल गोर्खा क्लब, दुबईका लम्जुङ फुटबल क्लब, न्यू ब्वाइज फुटबल क्लब र ग्रीन सिटी इलाम फुटबल क्लब सेमी फाइनलमा पुगेका थिए ।

न्यू ब्वाइज फुट क्लब उपाधिको प्रमुख दाबेदार मानिएको नखिल गोर्खा क्लबलाई २–१ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो भने लम्जुङ फुटबल क्लब ग्रीन सिटी पनि इलाम फुटबल क्लबलाई २–१ कै अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेलमा लम्जुङ फुटबल क्लबले पहिलो हाफमा कप्तान बिशन श्रेष्ठको गोलबाट अग्रता बनाएको थियो तर पहिलो हाफकै अन्तिम समयमा न्यू ब्वाइजका विकासले आकर्षक गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पुर्‍याएका थिए ।

दोस्रो हाफमा कुनै पक्षबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । त्यस क्रममा ५–४ गोल अन्तरले लम्जुङ पूmटबल क्लबले जित हा पारेको थियो ।

प्रतियोगितामा ७१११ दिरामसहित बेस्ट कोच, बेस्ट किपर र बेस्ट प्लेयरको उपाधि पनि लम्जुङ  फुटबल क्लबले नै हात पारेको थियो ।

बेस्ट डिफेन्डर र बेस्ट मिड फिल्डरको उपाधिसहित दोस्रो हुने न्यू ब्वाइजले ४१११ दिराम प्राप्त गरेको थियो । विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

बेस्ट फरवार्डको उपाधि भने ग्रीन सिटी इलामका कान्छा खेलाडी मनिष शेरचनले र हाई स्कोररको ट्रफी नखिल गोर्खा क्लबका सुदिल राईले पाएका थिए । हरेक विधाको पुरस्कार राशी १५० र बेस्ट प्लेयरलाई ३०० दिरामसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरूलाई नेपाली समाजका अध्यक्ष वेदप्रसाद अर्याल, केदार कुँवर्, युएई  फुटबल सङ्घका अध्यक्ष अनिल शेर्पा र संस्थापक अध्यक्ष मुक्ति गुरुङ तथा धरान हेल्पिङ ह्यान्ड्सका अध्यक्ष तथा मूल संयोजक ईश्वर श्रेष्ठले संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको उद्घाटन ग्लोबल गैरआवासीय नेपाली सङ्घ एनसीसीका सल्लाहकार तथा धरान हेल्पिङ ह्यान्ड्स युएईका संरक्षक आर्किटेक्ट सुधीर थापाले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मनोजकुमार श्रेष्ठ थिए भने ग्लोबल गैरआवासीय नेपाली सङ्घ एनसीसी युएईका अध्यक्ष पासाङ शेर्पा, प्रवासी नेपाली सम्पार्क विभागका अध्यक्ष सुजन थापा, इनास युएईका एमडी बोहोरा, नेपाली जनप्रगतिशील मञ्चका पूर्वअध्यक्ष बाबुराम विश्वकर्मा, प्रभु बैङ्कका युएई प्रमुख प्रकाश पौडेल, कुल लेप्चा अतिथि थिए ।

प्रतियोगितामा क्लब समन्वयकर्ताका रूपमा एन्फाका उपाध्यक्ष दीपेन्द्र भण्डारी र कोषाध्यक्ष स्वीकार राई रहेका थिए ।
धरान हेल्पिङ ह्यान्ड्स युएईको आयोजनामा भएको प्रतियोगिताको संयोजन युएई  फुटबल सङ्घले गरेको थियो ।

प्रतियोगितामा युएईका १६ वटा क्लबले भाग लिएका थिए । प्रतियोगिताका मुख्य प्रायोजक फिक्टिभ प्रिन्टिङ एन्ड पब्लिसिङ सर्भिस थियो भने युनिभर्सल ब्लु ओक्सियन कन्सल्टेन्सी, सपना ट्राभल, सयपत्री ट्राभल्स एन्ड टुरिजम, फिसटेल ट्राभल्स एन्ड टुरिजम, ग्रीन स्काई ट्राभल्स एन्ड टुरिजम, कान्तिपुर भान्सा घर रेस्टुरेन्ट, प्रभु बैङ्क, बीबीएम इन्भेस्टमेन्ट, याक एन्ड यती रेस्टुरेन्ट, निप फ्लिम, अन्नपूर्ण टाइपिङ आदिले प्रायोजन गरेका थिए ।

राइस एन्ड स्पाइस रेस्टुरेन्ट शारजहाँले पनि प्रायोजन गरेको थियो ।

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved