अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली मृत्यु(नाम सहित )

  • मंसिर ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको च्यान्टिलीमा कार दुर्घटना हुँदा दुई नेपाली युवाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना घाइते छन् । शुक्रबार सबेरै भएको दुर्घटनामा रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको एनबीसी वासिङ्गटन डटकमले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार तीब्र गतिमा रहेको फोर्डको मुस्ताङ्ग कार सडक नजिकैको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक विजय तामाङ्ग र मोहन श्रेष्ठ घाइते भएका हुन् । दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।

कार चालक ३० वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि दुई जनाको हत्या अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कारमा चारजना सवार थिए । प्रहरीका अनुसार चालक तामाङ्गले अत्याधिक मदिरा सेवन गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved