उप निर्वाचनः तीन जना निर्विरोध (कोको भए )?

  • मंसिर ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएकका छन।

त्यसैगरि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
४४ रिक्त पालिका पदमध्ये अब ४१ पदका लागि मात्रै मतदान हुने भएको छ । तीन जना निर्विरोध भइसकेकाले ३३ जिल्लाका ४१ ठाउँमा आउँदो १६ गते मतदान हुन लागेको हो ।

आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जना चुनावी मैदानमा कायम भएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको हो ।

चुनाव चिन्हसमेत पाइसकेपछि दल र उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् । चुनाव हुने सबै ठाउँमा उत्साह भए पनि सबैभन्दा बढी चर्चा र चासो चाहिँ कीर्तिपुरमा छ । नगरपालिकाको मेयरको लागि कीर्तिपुरमा मात्रै उपचुनाव हुने भएकाले दल र उम्मेदवारको ध्यान पनि यहीँ बढी केन्द्रित छ ।

कीर्तिपुरका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । यहाँ मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसले कृष्णमान डङ्गोल, एमालेले डा।सुरेन्द्र मानन्धर, माओवादीले प्रा।डा।शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा बनाएका छन् ।

नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीको साथ लिएर उम्मेदवारी दर्ता गरेको हो । माओवादीको उम्मेदवारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको पनि साथ छ । स्वतन्त्रबाट ११ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाए पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी (नयाँ शक्ति)पनि प्रतिस्पर्धामा छन् ।

सबैले चासोका साथ हेरेको कीर्तिपुर नगरपालिकाका चिया पसल, चौतारा, फल्चालगायतका ठाउँमा चुनावी छलफल हुन थालेको छ । निर्वाचन कार्यक्रम मङ्सिर ६ गतेदेखि १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचार प्रसार गर्न सक्ने आयोगले जनाएको छ ।

यसैबीच गृहमन्त्री रमेश लेखकले उपचुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ । हिजो भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको छलफलका क्रममा गृहमन्त्री लेखकले चुनावको सुरक्षालाई सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।

चुनावी सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण चुनाव बिथोलिनेस्थिति आउन नदिन आग्रह गर्नुभयो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved