सिक्किम सरकार कोशीसँग सहकार्य गर्न तयार छ (भिडियो सहित) नेपालमा स्थिर सरकार नहुँदा समस्या भएको हो

  • मंसिर २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् ।

तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए ।

उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो हुन्छ ।

साथै लोभ लाच र सत्ताको दुरुपयोग नगरि जनमुखी कामले मात्रै सर्वोपरी हित हुन्छ भन्ने मेरो बुझाई रहेको छ ।
उनलाई नेपालको भौगोलिक अवस्था यहाँको हावापानी एकदमै मन पर्छ ।

यहाँको अतिथी सत्कार अनि यहाँको संस्कार संस्कृति एकदमै नजिकबाट नियालेका छन् । नेपालको हरेक संस्कार संस्कृतिलाई सम्मान गर्दछन् ।

सिक्किम र कोशी प्रदेशको भुगोलको अवस्था लगभग उस्तै रहेको गुरुङ बताउँछन् ।

तर यहाँ अलिक गर्मीको महसुस हुन्छ तर भुगोल भने लगभग उस्तै रहेको उनको भनाई छ ।सिक्किम र नेपालको संवन्ध प्रगाढ छ,हामी नेपालीत्वको लागि अहिले पनि धेरै कामहरु गरि नै रहेका छौ । कोशी स्टेटमा उनी कृषि र पर्यटनको प्रचुर संभावना रहेको उनी बताउँछन् । त्यसका लागि सिक्किम सरकारले मात्रै भनेर हुन्न ,यहाँको सरकारले पनि चासो देखाउनु पर्छ ।

यसै सन्दर्भमा पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङसँग कोशी पत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले धरान आएको बेला गरेको कुराकानी संक्षेप यहाँ प्रस्तुत गरिएको छ।

भिडियो :

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved