आज र भोली भीषण बर्षाःरात्रीकालिन गाडी नचलाउ आग्रह

  • असोज ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ मनसुन सक्रिय भएको र अत्याधिक वर्षाका कारण जोखिम निम्तिन सक्ने भन्दै शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन अपील गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन अपील गरेको हो ।

रातको समयमा यात्रा गर्दा पहिलो र बाढीको आंकलन गर्न कठिन हुने भएकाले रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए ।

त्यस्तै किसनाहरूलाई पनि केही दिन धान नकाट्न आग्रह गरिएको छ ।

यदि धान काटिसकेको भए सुरक्षित स्थानमा थन्काउनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

तराईका जिल्लाहरूमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न पनि सचेत गराइएको छ ।

जुनसुकै बेला खोखिम निम्तिसक्ने भन्दै खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ ।

बिहीबारदेखि आइतबारसम्म मनसुन सक्रिय हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा सतर्कता अपनाउन आह्वान गरिसकेको छ ।

विभागले कोशी प्रदेशको ११ जिल्ला, मधेसको तीन जिल्ला, बागमतीको १२ जिल्ला, गण्डकीको १० जिल्ला, लुम्बिनीको १२ जिल्ला, कर्णालीको ५ जिल्ला र सुदूरपश्चिमको ३ जिल्लामा उच्च जोखिम रहने जानकारी दिएको छ ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण देशभर मनसुन सक्रिय भएको विभागले जनाएको छ ।

मनसुन सक्रिय भएपछि देशकाअधिकांश स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुने विभागको भनाइ छ । 

वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम रहेको छ। रातको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी र तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाइ छ ।

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागलेआग्रह गरेको छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved